Close sidebar
  • ताजा
  • लोकप्रिय
  • प्रधानमन्त्रीले भारतलाई नक्शा सच्याउन भन्नुपर्छः अध्यक्ष ओली 

    १७ जेठ, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज देखि भारतको भ्रमणमा जान लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतको नयाँ संसदमा राखिएको अखण्ड भारत नक्शामा नेपाली भूभाग कपिलवस्तु र लुम्बिनी समेटिएको देखिएकाले त्यसलाई  सच्याउन भारतसँग कुरा गर्नुपर्ने बताएका छन ।

    राष्ट्रिय महिला अधिकार दिवसका सन्दर्भमा अखिल नेपाल महिला संघद्वारा आज तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासल ललितपुरमा आयोजित राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्रीले भारतसँग त्यति पनि भन्न नसक्ने हो भने भ्रमणको अर्थ नरहने बताए ।

    Advertisement

    अध्यक्ष ओलीले भने, ‘त्यति पनि भन्न नसक्ने हो भने भारत भ्रमणमा किन जाने ?’

    उनले पुरानो, सुदृढ र नमूना लोकतन्त्र भएको मुलुकका रूपमा चिनिने भारतले यस्तो खालको हेपाहा व्यवहार गर्छ भन्ने सोच्न पनि नसकिने बताए ।

    Advertisement

    ‘विश्वमा बलियाले हेप्ने भइरहेको छ, संयुक्त राष्ट्र संघ हेरेको हेरै छ’ अध्यक्ष ओलीले भने – हामीले खोजेको समानताको सिद्धान्त र त्यस अनुसारको व्यवहार हो ।

    अध्यक्ष ओलीले आफू प्रधानमन्त्री भएको समयमा तीनवटा अन्तर्राष्ट्रिय फोरममा सम्बोधन गर्दा परराष्ट्र सम्बन्ध राष्ट्रिय  हितमा र त्यो राष्ट्रिय हित न्यायसङ्गत हुनुपर्छ भनेको स्मरण गरे ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »