Close sidebar
  • ताजा
  • लोकप्रिय
  • संसदीय सुनुवाइ विशेष समितिको बैठक बस्दै

    १६ जेठ, काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठक आज बिहान ८ बजे बस्ने भएको छ । संघीय संसद् सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्न लागेको हो ।

    बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे तथा राष्ट्रिय सभा अध्यक्ष  गणेशप्रसाद तिमिल्सिनाले पनि उपस्थित हुनेछन् । अघिल्लो संसद् अधिवेशनको अन्तिम दिनमा संसदीय समिति गठन भएको भए पनि अझै पनि सभापति चयन हुन सकेको छैन ।

    Advertisement

    गत सोमबार सभामुख घिमिरेले सहमतिबाट संसदीय समितिको सभापति चयन गर्न नसके निर्वाचन प्रक्रियाबाट भए पनि एक साता भित्र टुंग्याउन दलहरूलाई निर्देशन दिइसकेका छन् ।

     

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »