११ जेठ, लुम्बिनी । लुम्बिनी प्रदेशको प्रदेश सभाको बजेट अधिवेशन भोलि शुक्रवार देखि सुरु हुने भएको छ ।
प्रदेश सरकारले जेठ ९ गतेमा अधिवेशन आव्हानका लागि सिफारिस गरेअनुसार प्रदेश प्रमुख अमिक शेरचनले जेठ १२ गतेका लागि स्वीकृत गरेका हुन् ।
Advertisement
बैठक दाङको देउखुरीस्थित प्रदेश सभा भवनमा भोलि दिउँसो १ बजे बस्ने प्रदेश प्रमुख कार्यालयका प्रवक्ता धर्मा अर्याल बेल्वासेले बताए ।
यसअघिको प्रदेशसभा बैठक गत वैशाख २९ गते अन्त्य भएको थियो ।
















टिप्पणीहरू