Close sidebar
  • ताजा
  • लोकप्रिय
  • नरैनापुरमा गाई हत्या रोक्न पालिकालाई सामुहिक दबाब, माग सम्बोधन नभए आन्दोलनमा उत्रिने

    ८ जेठ, बाँके । पछिल्लो समय नेपालमा भईरहेको गाई हत्याको विषयमा बाँकेको नरैनापुर गाँउपालिकालाई सामुहिक रुपमा ध्यानाकर्षण गराइएको छ ।

    बाँकेका युवाहरुले नरैनापुर गाँउपालिका प्रमुख ईस्तियाक अहमद शाहलाई एक ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराएका हुन । नरैनापुर गाउँपालिकाको ६ वटै वडा मिश्रित धार्मिक सांस्कृतिक बाहुल्यता भएको बसोबास क्षेत्र हो । यस क्षेत्रमा हिन्दु, मुस्लिम, कृश्चियन, बौध लगायत धर्म संस्कृति मान्ने व्यक्तिहरुको सामूहिक बासस्थान रहेको छ ।

    Advertisement

    एकअर्काको धर्म आस्था प्रति कुनैपनि समुदायबाट अवांछित गतिविधि नहोस्, सामाजिक रुपमा वर्षौं देखि मिलेर बसेको, एकअर्काको पर्व, धर्म, सभ्यतामा सहभागिता र सहयोग हुँदै आएको नरैनापुरको सांस्कृतिक पहिचानलाई नष्ट गर्ने गरी पटक पटक हिन्दुहरुको आस्थाको केन्द्र र देशकै संविधान बमोजिम राष्ट्रिय जनावरको सूचिमा राखिएको गाईको हत्याले नरैनापुर मात्रै नभई समग्र देशकै हिन्दु समुदाय आहत हुँदै आएको उक्त ज्ञापनपत्रमा उल्लेख छ ।

    पछिल्लो एक महिना भित्र नरैनापुर गाउँपालिका वडा नं. २ र वडा नं. ४ मा गरि ३ वटा गाई हत्या भएको र उक्त घटनामा दुईजना व्यक्तिहरु पक्राउ परेको सन्दर्भमा कारवाही भइनै रहेको छ । संभावित फरार ४ जना व्यक्तिहरु अझै पनि पक्राउ हुन नसकेको पत्रमा बताइएको छ ।

    Advertisement

    गाई हिन्दु धर्म मान्ने व्यक्तिहरुको आस्थाको केन्द्र र पूजनीय जीव हो । अनाधिकृत रुपमा हत्या हुनु र बारम्बार ती घटनाहरु दोहोरिंदै जानुले नरैनापुर क्षेत्रमा कायम रहेको सांस्कृतिक र धार्मिक एकता नै ध्वस्त हुन सक्ने र भविष्यमा ठूलो मानवीय र भौतिक क्षति हुन सक्ने तर्फ समुदाय अग्रसर भइरहेको हुँदा यस्ता घटनामा संलग्न व्यक्तिहरुलाई कानून बमोजिम कठोर कारवाही गर्नका लागि केही माँगहरु गाउँपालिकाबाट तत्काल सम्बोधन गर्न दबाब दिईको छ ।

    समाजलाई उचित दिशा तर्फ केन्द्रित गर्न धार्मिक एकता, सांस्कृतिक सम्मान र सामाजिक सद्भाव महत्वपूणर् जरो भएकोले गाई हत्या लगायत सद्भाव विग्रिन सक्ने विषयमा केन्द्रित रही गाउँपालिकाले ठोस पहलकदमी लिन आवश्यक देखिएकोले सामाजिक सुरक्षा प्रति सजग र सबै धर्मको सम्मान कायम राख्न अग्रसर व्यक्तिहरु सामूहिक रुपमा ध्यानाकर्षण गराएका छन ।

    Advertisement

    सामुहिक रुपमा नरैनापुर क्षेत्रमा हुने गाई तस्करी वा गाई हत्या सम्बन्धी सूचना दिने सूचकलाई दस हजार रुपैया पुरस्कारको व्यवस्था गर्ने, गाई सुरक्षाका लागि हट लाईन नम्बर जारी गर्ने, गाई हत्यामा संलग्न व्यक्तिलाई सामाजिक बहिष्कार गर्ने र निज बसोबास गरी रहेको घर कालो रंगले रंगाउने व्यवस्था मिलाउने, गाई हत्यामा संलग्न व्यक्ति र निजको घरपरिवारले स्थानीय तहबाट कुनैपनि सेवा सुविधा नपाउने गरि आजीवन कालोसूचीमा राख्ने, गाई हत्या विरुद्ध स्थानीय तहले गर्ने उल्लेखित कारवाहीको सूचना टाँस गरि हरेक गाउँमा माइकिंगको व्यवस्था मिलाउन माग गरिएको छ ।

    उक्त माँगहरु सात दिन भित्र सम्बोधन गर्न दबाब दिदैँ गाँउपालिका यस प्रति उदाशिनता देखिएमा आन्दोलनका ठोस कदमहरु चाल्न बाध्य हुने ज्ञापनपत्र मार्फत जनाइएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »