Close sidebar
  • ताजा
  • लोकप्रिय
  • सिन्धुलीमा कुल जगाउदै कार्की क्षेत्रीहरु

    ७ जेठ, सिन्धुली । हराएको कुल र वंशको रक्षा गर्ने मुल उदेश्यले पछिल्लो समयमा सिन्धुली जिल्लामा कुल जगाउने कार्यमा मुडुला कार्की क्षेत्रीहरु क्रियाशिल हुन थालेका छन् ।

    सिन्धुली जिल्लाको कमलामाई नगरपालिकामा आयोजित सो जातीको दोश्रो साधरण सभामा सहभागी मौदगल्य गोत्रीय मुडुला कार्कीहरुले आफ्नो कुलको रक्षा गर्न र भाइबन्धुको एकता कायम राख्न कार्कीहरु लाग्नुपर्ने विषयमा जोड दिएका थिए ।

    Advertisement

    सो अवसरमा मुडुला कार्की कुलायन व्यवस्था समिति नेपालका केन्द्रीय सदस्य शंकर कार्की, जिल्ला समन्वय समिति सिन्धुलीका उपप्रमुख शान्ता कार्की लगाएतले कार्की क्षेत्रीहरुको वलीदानीपुणर् र पुरुषार्थपुणर् ईतिहासको कदर गर्नुपर्ने केन्द्रित बनेका छन ।

    सो अवसरमा मुडुला कार्की कुलायन व्यवस्था समिति नेपालका क्षेत्रीय अध्यक्ष इन्द्रबहादुर कार्की,जिल्ला अध्यक्ष केदारकुमार कार्की, उपाध्यक्ष जितबहादुर कार्की, सचिव लोकबहादुर कार्कीको समेत सहभागिता रहेको थियो ।

    Advertisement

    सिन्धुली जिल्लाको कमलाखोच, सुनकोशी, गोलान्जोर, तीनपाटन र कमलाामाई क्षेत्रमा मुडुला कार्कीहरुको अत्यधिक बसोवास रही आएको छ ।

    सो कार्यक्रममा भुवन कार्कीको अध्यक्षतामा कमलामाई नगर समितिको समेत गठन गरिएको जनाईएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »