Close sidebar
  • ताजा
  • लोकप्रिय
  • के अब मधेसका मुख्य राजनीतिक प्रतिस्पर्धी उपेन्द्र यादव र सीके राउत मात्र हुन् ?

    १३ बैशाख, बाँके । २०७९ मंसिर ४ गते भएको आम निर्वाचनमा सप्तरी-२ बाट पराजित भएका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले गत वैशाख १० गते भएको उपनिर्वाचनमा बारा-२ बाट जनमत पार्टीका शिवचन्द्र कुशवाहालाई ५ हजार ८१ मतान्तरले प्राजित गर्दै सांसद बनेका छन ।

    यस उपनिर्वाचनको खास रोजक बिषय के हो ? भने गत मंसिर भएको निर्वाचनमा यादवलाई जनमत पार्टीका अध्यक्ष सीके राउतले पराजित गरेका थिए भने उपनिर्वाचनमा यादवले जनमतकै शिवचन्द्रप्रसाद कुशवाहालाई प्राजित गरेका छन ।

    Advertisement

    कतिपयका विश्लेषणमा पछिल्लो आम चुनाव र उपनिर्वाचनलाई हेर्दा अब मधेसमा यादव र राउत बीच प्रतिस्पर्धामा बढ्ने र ती दुई दलकै वरिपरी त्यहाँको राजनीति घुम्ने जस्तो देखिएको छ ।
    आम निर्वाचन र अहिलेको उपनिर्वाचनमा ती दलहरूले प्राप्त गरेको मतको विवरणले पनि ती दुई दल बीच नै मधेसमा मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।

    त्यस बेला मतदाताले मधेस आन्दोलनको नेताका रुपमा उपेन्द्र यादवलाई सम्मान गरेपनि नयाँ अनुहार खोजिरहेको बताएका थिए । चुनावी नतिजाले पनि यो विषयमा पुष्टी गरेको थियो ।

    Advertisement

    उक्त क्षेत्रबाट आम निर्वाचनमा ६१ वर्षका यादवलाई १८ हजार मतले पछि पार्दै ४५ वर्षे राउत विजयी भए । राउतले ३५ हजार ४२ मत र यादवले १६ हजार ९ सय ७९ मत प्राप्त गरेका थिए ।

    कैयौँ विश्लेषकले विसं २०६२/६३ यता मधेसको राजनीतिमा निरन्तर छाइरहेका यादवलाई टक्कर दिएर एकाएक राष्ट्रिय दलका रूपमा दरिन पुगेको जनमतलाई जसपाको मुख्य प्रतिस्पर्धीका रूपमा व्याख्या गरेका थिए ।

    Advertisement

    त्यसलाई उपनिर्वाचनको नतिजाले थप पुष्टि गरेको कतिपयको भनाइ छ ।

    आफूलाई मधेस केन्द्रित दलका रूपमा नचिनाउने जसपाले प्राप्त गरेको समानुपातिक मत र जनमतले ल्याएको मतले पनि मधेशमा ती पार्टीबीच नै प्रतिस्पर्धा रहेको देखाउँछ ।

    Advertisement

    पछिल्लो कम निर्वाचनमा सङ्घीय संसद्तर्फ जनमत पार्टीले जसपाभन्दा २६ हजार ६ सय ५९ मात्र कम मत ल्याएको थियो । तर मधेश प्रदेशसभा तर्फ भने जनमतले जसपाले भन्दा पनि ३० हजार ४ सय ३ बढी मत ल्यायो । यो आँकडाले पनि जनमत पार्टीको मताधार बलियो बनेको देखाउँछ ।

    सङ्घीय संसद्तर्फ आम निर्वाचनमा समानुपातिक तर्फ कुल ४ लाख २१ हजार ३ सय १४ मत प्राप्त गरेको थियो भने जनमतले ३ लाख ९४ हजार ६ सय ५५ मत ल्याएको थियो ।

    त्यस्तै मधेस प्रदेशसभामा जनमतले ३ लाख २९ हजार १ सय ७७ मत ल्याउँदा जसपाले २ लाख ९८ हजार ७ सय ७४ मात्र मत प्राप्त गरेको थियो ।

    यद्यपि प्रत्यक्ष तर्फ सीके राउतले मात्र जित्न सफल भएका थिए भने जसपाले सात स्थानमा जित हासिल गरेको थियो ।

    मधेस प्रदेशमा चाहिँ प्रत्यक्षतर्फ जसपा ९ र जनमत ६ स्थानमा विजयी भएका थिए ।

    – बीबीसीबाट/नाईल खबरबाट थप

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »