Close sidebar
  • ताजा
  • लोकप्रिय
  • जनतामा पैदा भएको निराशालाई चिर्दै मुलुक अघि बढाउन एमाले सक्रिय छ : अध्यक्ष ओली

    १ बैशाख, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनतामा पैदा भएको निराशालाई चिर्दै बलियो राष्ट्रिय शक्ति मार्फत मुलुकलाई अघि बढाउन नेकपा (एमाले) सक्रिय रहेको बताएका छन ।

    नयाँ बर्ष विक्रम सम्वत् २०८० का अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा अध्यक्ष ओलीले अस्थिरताको लाभ लिएर राजनीतिलाई विकृत तुल्याउने र राजनीतिलाई झन् अन्यौलपूणर् बनाउँदै मुलुकको विकास र समृद्धिको यात्रा विथोल्ने प्रवृत्तिलाई निस्तेज पार्न एमालेलाई बलियो राजनीतिक शक्ति बनाउनुपर्ने बताएका छन ।

    Advertisement

    मुलुक निर्माणको सुस्पष्ट दृष्टिकोण, दिशा र कार्यक्रम रहेको नेकपा (एमाले) लाई बलियो नबनाई राजनीतिक स्थिरता सम्भव नरहेको र राजनीतिक स्थिरता विना विगतमा थालिएका विकास र समृद्धिका कार्यक्रम अगाडि बढ्न सम्भव नरहेको सन्देशमा उल्लेख गरिएको छ ।

    नेकपा (एमाले) लाई राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न वितेका दुई महिना मिसन ग्रासरुट अभियान सञ्चालन गरिएको र यसबाट सिद्धान्तहीन सिन्डिकेटको राजनीतिबाट मुक्त गर्दै जनताको निराशा चिर्न, सुशासन, विकास र राष्ट्रिय हितको रक्षा गर्न नेकपा (एमाले) लाई बलियो बनाउन मद्दत पुग्ने अध्यक्ष ओलीले विश्वास व्यक्त गरेका छन ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »