१ बैशाख, सियोल (आइएएनएस) । दक्षिण कोरिया र अमेरिकाले शुक्रबार संयुक्त सैन्य अभ्यास गरेका छन् । अभ्यासमा अमेरिकाको बी फिप्टिटु एच बमवर्षक विमान पनि सहभागी भएको थियो । यस अभ्यासको एक दिन अघि उत्तर कोरियाले ठोस इन्धनयुक्त इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइल (आई सि वि एम ) परीक्षण गरेको थियो ।
युद्धाभ्यासका क्रममा उत्तर कोरियाले पटकपटक मिसाइल परीक्षण गरेको थियो । उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले ठोस ईन्धनयुक्त ह्वासोङ-१८ आईसीबीएम परीक्षण गरेको पुष्टि गरेको छ । यस परीक्षणले क्षेत्रमा उत्पन्न तनाव पहिलेको भन्दा बढेको छ । उत्तर कोरियाले भर्खरै पानीमुनि परमाणु हमला गर्न सक्ने ड्रोनको परीक्षण गरेको छ ।
टिप्पणीहरू