Close sidebar
  • ताजा
  • लोकप्रिय
  • तौल बढाउन अपनाउनुहोस यी तरिका

    तौल बढाउनु पर्ने व्यक्तिहरूले प्रायः सम्पूर्ण कार्बोहाइड्रेट, स्वस्थ फ्याट र प्रोटिन युक्त खानेकुराहरूको सेवन बढाएर यो गर्न सक्छन् । उदाहरणहरूमा सम्पूर्ण अन्न, सुख्खा फल, आलु, एभोकाडो, तैलीय माछा, अण्डा, र दुग्ध उत्पादनहरू समावेश छन् ।

    १. तौल बढाउनका लागि सबैभन्दा पहिला फिट रहनु जरूरी छ । तर तौल बढाउनुको अर्थ शारीरिक रुपमा निष्क्रिय रहनुचाहिँ होइन ।

    Advertisement

    २. तौल बढाउन नियमित व्यायाम आवश्यक हुन्छ, यसका लागि फिटनेस सेन्टर जान सकिन्छ ।

    ३. तौल बढाउनका लागि सबैभन्दा राम्रो उपाय हो, उच्च क्यालोरीयुक्त खाना खानु । तर, बढीमात्रामा जंकफुड भने नखानुहोस् ।

    Advertisement

    ४.जंकफुड र फास्टफुडको तुलनामा स्वस्थ र धेरै क्यालोरीयुक्त खानालाई प्राथमिकता दिनुहोस् ।

    ५. यदि तपाई स्वस्थ तरिकाले तौल बढाउन चाहनुहुन्छ भने बिहानको नास्ता ‘हेभी’ हुनुपर्नेछ। बिहानको यसप्रकारको नास्ताले दिनभर उर्जावान् बनाइरहन्छ ।

    Advertisement

    ६. प्रोटिन शेक एउटा राम्रो विकल्प हुन सक्छ, यसले हड्डी बलियो बनाउँछ ।

    ७. चिकेन, भात, माछा, अण्डालगायतका बढी प्रोटिन पाइने खाना तौल बढाउनमा सहायक हुन सक्छ ।

    Advertisement

    ८. अंकुरित खाद्यपदार्थमा राम्रो मात्रामा प्रोटिन पाइने भएकाले यस्ता खानाले तौल बढाउन सक्छ ।

    ९. पनीर, मख्खन, घिऊ, तेल तथा तैलीय खानाले मोटाउन सकिन्छ ।

    १०. तौल बढाउनका लागि फुलक्रिम दूधमा रातभर चना भिजाएर बिहान खानुपर्छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »