१. मानसिक तनाव नलिइकन काम गर्ने ।
२. धेरै यात्रा नगर्ने ।
Advertisement
३. लगातार कम्प्युटरमा काम नगर्ने ।
४. रेडिएसन आउने बस्तुवाट बच्ने जस्तैः मोवाइल, एक्स रे आदि ।
Advertisement
५. लामो समय कुर्सीमा बसेर काम गर्नु परेमा बीचबीचमा केहीबेर हिँड्ने ।
६. खानपानमा ध्यान दिने ।
Advertisement
७. फलफूल र पौष्टिक खाना बोकेर हिँड्ने र समय मिलाएर खाने ।
८. भोक नलागे पनि खाना खाने ।
Advertisement
९. पानी बढी पिउने ।
१०. गर्भावस्थामा धेरै शारीरिक परिवर्तन हुने हुनाले अस्वस्थ महसुस भएमा अस्पताल जाने र घरमा आराम गर्ने ।
११. बेला बेलामा चिकित्सकको सल्लाह लिने । अन्तिम महिनामा घरमै बस्ने ।
१२. टाइट कपडा र हिल जुत्ता नलगाउने ।
१३. चिकित्सकको सल्लाह अनुसार मात्र औषधि सेवन गर्ने ।
१४. हरियो सागसब्जी बढी खाने ।
१५. सकारात्मक सोचाई राख्ने ।
१६. पहिलो ३ महिना र अन्तिम ३ महिना सकभर यौनसम्पर्क नगर्ने। यौन सम्पर्क गर्नु परेमा पनि पेटमा दबाब नपुग्ने गरी गर्ने ।
१७. गर्भावस्थामा गरिने योग सल्लाहअनुसार मात्र गर्ने ।
१८. मादक पदार्थ सेवन नगर्ने ।
१९. धूमपान नगर्ने ।
२०. एकैपटक धेरै खाना नखाने ।
२१. चिल्लोपदार्थ धेरै नखाने, जङ्कफुड सेवन नगर्ने ।
२२. थकान महसुस हुने वित्तिकै आराम गर्ने ।
२३. खाली पेट नबस्ने ।
– एजेन्सीको सहयोगमा
टिप्पणीहरू