Close sidebar
  • ताजा
  • लोकप्रिय
  • सी औरिस : फङ्गल सङ्क्रमणमा प्रयोग हुने औषधिहरूले यसको विरुद्ध काम गर्दैनन् ?

    ३० चैत, काठमाडौँ । आजभन्दा १५ वर्षअघि मात्रै पत्ता लागेको औषधि प्रतिरोधी फङ्गस क्यान्डिडा औरिस (सी औरिस) विश्वकै सबैभन्दा डरलाग्दो अस्पतालमा पाइने ढुसी जातको एक सूक्ष्मजीव भइसकेको छ ।

    यदि हाम्रो शरीरभित्र पुग्यो भने ‘यीस्ट’ प्रकारको यो फङ्गसले हाम्रो रक्तसञ्चार, स्नायु प्रणाली र अन्य कैयन भित्री अङ्गहरूमा असर गर्छ ।

    Advertisement

    विश्व स्वास्थ्य सङ्गठनको एक आकलन अनुसार यो सङ्क्रामक रोगको मृत्युदर ३० देखि ५३ प्रतिशत सम्म छ ।

    यो फङ्गसको सबैभन्दा चिन्ताजनक विषय के हो भने फङ्गल सङ्क्रमणमा प्रयोग हुने अधिकांश चलनचल्तीका औषधिहरूले यसको विरुद्ध काम गर्दैनन् ।

    Advertisement

    बीबीसीका स्वास्थ्य संवाददाता जेम्स ग्यालहरका अनुसार यसका कतिपय उत्परिवर्तनहरू त हामीसँग उपलब्ध सबै खाले औषधिहरू प्रतिरोधी छन् ।

    अमेरिकाको सेन्टर फर डिजिज् कन्ट्रोल एन्ड प्रिभेन्सन सीडीसीका अनुसार ३० भन्दा बढी देशमा यो सङ्क्रमण फैलिएको छ ।

    Advertisement

    सन् २०२० मा प्रकाशित समीक्षा प्रतिवेदनले सन् २००९ देखि २०१९ को बीचमा विश्वभर ४,७५० सङ्क्रमणका घटना पत्ता लगाएको छ ।

    गत मार्च २० मा सीडीसीले जारी गरेको एक वक्तव्यमा सन् २०२० र २०२१मा यो फङ्गस ‘अमेरिकी स्वास्थ्य संस्थाहरूमा चिन्ताजनक रूपमा फैलिएको’ उल्लेख गरिएको छ ।

    Advertisement

    सन् २०२० मा अमेरिकामा ४७६ वटा सङ्क्रमण देखिएकामा सन् २०२१ मा यो सङ्ख्या १,४७१ पुगेको छ ।

    अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताहरूको एउटा टोलीले सन् २०१९ मा प्रकाशित गरेको अध्ययनले जलवायु परिवर्तनका कारण बढ्दो तापक्रमले क्यान्डिडा औरिस सङ्क्रमण फैलिन मद्दत पुगेको देखाएको छ ।

    – बीबीसीबाट

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »