Close sidebar
  • ताजा
  • लोकप्रिय
  • काखीमा आउने दुर्गन्ध कसरी हटाउने ? यस्ता छन् उपाय

    २८ चैत, काठमाडौं । गर्मी सुरुभएको छ । मौसम परिर्वतन भएर गर्मी महसुस गर्न थालिएको छ । गर्मीमा आफुलाई स्वस्थ राख्न निकै आवश्यक छ । गर्मीमा पसिना अउनु स्वभाविक नै हो । जसका कारण शारीरिक गन्धका मुख्यत काखी गन्हाउनु सबैभन्दा ठूलो समस्या हुन्छ ।

    काखी गन्हाउने समस्याका कारण कतिपयलाई अन्य मानिसहरुका बीच बस्न समस्या भइरहेका हुन्छ । काखी गन्हाउने मानिसहरुले घरेलु उपाय अपनाउँदा केही हदसम्म कम गर्न सकिन्छ ।

    Advertisement

    काखीमा पसिना आएपछि ब्याक्टेरिया उत्पन्न हुन्छन् र त्यसको दुर्गन्ध शरीरभर फैलिएर पूरै शरीर नै गन्हाउने हुन्छ । मानव शरीरको कुनै पनि अंगमा आउने पसिनालाई रोक्न सकिँदैन किनभने पसिना आउनु पनि एउटा नियमितता हो । तर यसबाट उत्पन्न हुने समस्याबाट बच्न दैनिक एकपल्ट नुहाउने गर्नुपर्छ । जसले गर्दा कम पसिना आउने गर्छ ।

    जतिसुकै सफा र राम्रो लुगा लगाए पनि पसिनाको गन्धका कारण आसपासका मानिस सामु हात उठाउन सहज हुदैँन र त्यसले ‘कन्फिडेन्स लेभल लुज’ समेत गराउँछ । अझ यो समस्या विशेष गरी ती मानिसहरूका लागि विपत्तिको रूपमै आउँछ, जसको शरीरबाट औसत मानिसलाई आउने पसिना भन्दा बढी आउने गर्छ । जसका कारण ती मानिसहरु गर्मी महिना नै नआईदिओस भन्ने सोच्छन तर तिनले सोचेर गर्मी महिना नआउने भने हुन्न ।

    Advertisement

    अत्याधिक पसिना आउनुलाई चिकित्सकीय भाषामा ‘हाइपर हाइड्रोसिस’ भनिन्छ । यो अवस्था दुई कारणले हुन सक्छ । पहिलो, प्राकृतिक रूपमा शरीरमा अत्याधिक पसिना आउनु र दोस्रो बाहिरी अवस्थाका कारण अत्याधिक पसिना आउछ ।

    यसका लागि अपनाउनुहोस् यी उपायहरु :

    १) कटन वा फाईबरका कपडा
    काखी गन्हाउने मानिसहरुले हावा छिर्ने कटन वा फाईबरका लुगा लगाउनुपर्छ । पसिना नसोस्ने तथा छालामा पनि असर नगर्ने भएकोले गर्मी मौसममा कटनको कपडाको प्रयोग गर्नुपर्छ ।

    Advertisement

    २) फलफुल
    फलफुल खानुका साथै प्रर्याप्त पानी पिउँदा पनि पसिना गन्हाउने समस्याबाट केही हदसम्म बच्न सकिन्छ ।

    ३) खाने कुरा
    गर्मीमा कफी, जंक फुड, तारेका खाने कुराहरुबाट सकेसम्म टाढै रहनुपर्छ । यस्ता खानेकुराले पसिना ग्रन्थीलाई सक्रिय बनाउँन मद्दत गर्छन् । जसका कारण शरीरमा अत्यधिक पसिना आउने र गन्हाउने हुन्छ ।

    Advertisement

    ४) कागती
    काखी गन्हाउने मानिसहरुका लागि काखीमा कागतीको रस दल्नु सबैभन्दा उपयुक्त घरेलु तरिका हो । यसबाट कुनै साइड इफेक्ट हुँदैन । आधा टुक्रा काटेको कागती काखीमा निचोरेर दलेर केही समय सुक्न दिनुपर्छ ।

    काखीमा दलेको कागती सुकेको केहीबेर पछि चिसो पानीले नुहाउँदा शरीरबाट आउने पसिनायुक्त गन्धबाट मुक्त हुनुका साथै लामो समयसम्म फ्रेस भइन्छ ।

    ५) तुलसी र निम पात
    तुलसी र निम दुवैमा ब्याक्टेरिया विरोधी तत्वहरु हुन्छन् । तुलसी र निमको पातको लेप बनाएर काखी वा शरीरको पसिना आउने अन्य भागमा लगाउनुपर्छ । केही समय रहन दिएर धुने वा नुहाउने गर्नुपर्छ ।

    यसले शरीरमा उत्पन्न हुने ब्याक्टेरियाबाट बचाउँछ । सातामा तीन पटक यस्तो लेप लगाउनु राम्रो मानिन्छ ।

    यस बाहेक यी उपाउ पनि अपनाएर पसिनालाई केही हद सम्म कम गर्न सकिन्छ :

    १) काखीमा पसिनाबाट कसरी छुटकारा पाउन ‘डिओड्रेन्ट’को प्रयोग गर्ने
    २) दिनमा दुई पटक ‘एप्पल साइडर भिनेगर’ को प्रयोग गर्ने,
    ३) कागतीको प्रयोग गर्ने
    ४) नियमित रुपमा काखीका रौँहरू हटाउने
    ५) नियमित रुपमा पानी प्रयोग गरेर काखी पखाल्ने

    – एजेन्सीको सहयोगमा

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »