२० चैत, काठमाडौँ । आज राति १२ बजेदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
निगमले पेट्रोल प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टितेल १० रुपैयाँ घटाउने निणर्य गरेको हो ।
Advertisement
निगमका प्रवक्ता मनोज कुमार ठाकुरका अनुसार हवाई इन्धन आन्तरिक र बाह्यतर्फ प्रतिलिटर १०/१० रुपैयाँ घटाइएको छ ।
यस्तै एलपी ग्यासको मूल्य भने हाललाई यथावतै राखिएको निगमको भनाइ छ । ग्यासको खुद्रा बिक्री मूल्यमा अझै पनि ५४५ रुपैयाँ घाटा रहेको भएपनि मूल्य यथावत राखिएको ठाकुरको भनाइ छ ।
Advertisement
घटेको मूल्यअनुसार निगमको डिपोदेखि १५ किलोमिटरसम्म अब पेट्रोलको खुद्रा मूल्य १७५ र डिजेलको १६५ तथा मिट्टितेल पनि १६५ नै रुपैयाँ पर्नेछ ।
टिप्पणीहरू