१९ चैत, काठमाडौँ । वैज्ञानिकहरूले समुद्रमा अभूतपूर्व गहिराइमा पौडिरहेका एकखाले माछाको भिडिओ खिचेका छन् ।
यसलाई अहिलेसम्मकै सबैभन्दा गहिराइमा गरिएको यस्तो प्रकारको अवलोकन भनिएको छ । स्नेलफिश वर्गमा पर्ने सिउडोलिपारीस माछा ८ हजार ३ सय ३६ मिटर अर्थात् २७ हजार ३ सय ३९ फिट गहिराइमा पौडिरहेको भेटिएको बीबीसीले रिर्पोट गरेको छ ।
Advertisement
दक्षिण जापानको इजी ओगास्वारा ट्रेन्चबाट खसालिएको एउटा स्वचालित ल्यान्डरले उक्त भिडिओ लिएको थियो ।
उक्त अनुसन्धानको नेतृत्व गरेका एक जना प्रमुख वैज्ञानिकले त्यस स्थानमा कुनै पनि माछा जीवित रहनसक्ने सर्वाधिक गहिरो बिन्दु वा त्यसबाट सबैभन्दा नजिकको क्षेत्र हुनसक्ने बताए ।
Advertisement
अहिलेको स्थानभन्दा थप दक्षिणतर्फ प्रशान्त महासागरमा अवस्थित मारिआना ट्रेन्चमा यसअघि ८ हजार १ सय ७८ मिटर गहिराइमा एउटा माछा फेला परेको थियो ।
नयाँ खोजले विगतको गहिराइको किर्तीमानलाई १ सय ५८ मिटरले पछि पारेको छ ।
Advertisement
यदि यो कीर्तिमान पनि तोडियो भने त्यो लगभग मिनेट अथवा सम्भवतः केही मिटर बढीले मात्रै हुने बताइएको छ ।
समुद्रको गहिराइबारे अध्ययन गर्ने वेस्ट्रन अस्ट्रेलिया विश्वविद्यालयका वैज्ञानिकहरूले एक दशकअघि समुद्रभित्र ८ हजार २ सय मिटर देखि ८ हजार ४ सय मिटरसम्म माछा फेला पर्नसक्ने बताएका थिए ।
Advertisement
संसारभरि १० वर्ष लगाएर गरिएका खोजले त्यसलाई पुष्टि गरेको छ ।
अहिले फेला परेको सानो सिउडोलिपारीस डुङ्गाको मद्दतले तल खसालिएको एउटा क्यामेरा प्रणाली जडित उपकरणबाट लिइएको थियो ।
त्यो उपकरणको ‘फ्रेममा’ समुद्री जीवहरूलाई आकर्षित गर्न चारो पनि राखिएको थियो ।
ठ्याक्कै प्रजाति छुट्याउन नमुनाहरू सङ्कलन नगरिएको भए पनि जापान ट्रेन्चको नजिकै ८ हजार २२ मिटरको गहिराइमा पनि कैयौँ माछाहरू फेला परेका थिए ।
तिनीहरू पनि स्युडोलिपारिस बेल्याइभी प्रजातिका स्नेलफिश नै थिए र उनीहरूले सर्वाधिक गहिरो स्थानमा भेटिएका माछाको कीर्तिमान बनाएका थिए ।
– बीबीसीबाट
टिप्पणीहरू