Close sidebar
  • ताजा
  • लोकप्रिय
  • कम्युनिष्ट नेताहरु विदेशीको इसारामा कांग्रेसको पुच्छर बन्न पुगे : रघुवीर महासेठ

    २ चैत, गौर । नेकपा (एमाले) का सचिव रघुवीर महासेठले बाह्य शक्तिको इसारामा नेपाली कांग्रेसको पछाडि लाग्नेहरू कम्युनिष्ट नेता हुन नसक्ने बताएका छन ।

    नेकपा (एमाले) रौतहटले बुधबार आयोजना गरेको मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) अन्तर्गत जिल्ला स्तरीय प्रशिक्षणात्मक भेलामा महासेठले यस्तो बताएका हुन ।

    Advertisement

    नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विदेशीको इसारामा कांग्रेसको पुच्छर बन्न पुगेको उनले जिकिर गरेका छन । उनले व्यक्तिगत स्वार्थका लागि देशको हित, राष्ट्रियता र स्वाभिमान विर्सेर विदेशीको इसारामा चल्ने नेताहरू राष्ट्रवादी हुन नसक्ने वताउँदै त्यस्ता नेताहरूलाई जनताले तिरस्कार गर्नुपर्ने बताए ।

    कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (एमाले) पोलिटव्यूरो सदस्य पुरुषोत्तम पौडेलले एमालेले प्रधानमन्त्री बनाएका पुष्पकमल दाहाल प्रचण्ड छिमेकका एकजना सचिवको धम्कीमा लत्रा लुत्रुक्क परेर कांग्रेसको काखमा रमाउन पुगेको खुलाए । उनले प्रधानमन्त्री प्रचण्डको डुलुवा नीतिका कारण मुलुकमा राजनीतिक रूपमा ठूलो अस्थिरता र आर्थिक सङ्कट आउन सक्ने बताए ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »