Close sidebar
  • ताजा
  • लोकप्रिय
  • आज मध्यराति देखि स्ववियु चुनावको प्रचारप्रसार निषेध

    २ चैत, काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावका लागि विद्यार्थी सङ्गठनले प्रचारप्रसार तीव्र बनाएका छन् । ठूला आङ्गिक क्याम्पसमा विद्यार्थी सङ्गठनहरूले आ–आफ्नो पक्षमा प्रचारप्रसारलाई तीव्र पारेका हुन् ।

    स्ववियु निर्वाचन आचारसंहिता अनुसार आज (बिहीबार) प्रचारप्रसारको अन्तिम दिन हो । त्यसपछि मौन अवधि सुरु हुने भएकाले कुनै पनि माध्यमबाट भोट माग्न वा प्रचार गर्न पाइँदैन । उम्मेदवारले आज मध्यराति १२ बजेसम्म मात्र प्रचारप्रसार गर्न पाउने आचारसंहितामा उल्लेख छ । प्रचारप्रसार गर्न रङ्गरोगन र कुनै पनि प्रकारको पोस्टर टाँस्न नपाइने गरी यसअघि आचारसंहिता जारी भएको थियो ।

    Advertisement

    त्रिवि केन्द्रीय क्याम्पस, अमृत साइन्स क्याम्पस, शङ्करदेव क्याम्पस, नेपाल ल क्याम्पस, नेपाल कर्मस क्याम्पसलगायत ठूला क्याम्पसमा चुनाव प्रसारप्रसार तीव्र छ । केही क्याम्पसमा भर्ना विवादका कारण चुनावी प्रक्रिया रोकिएको छ । काठमाडौँ उपत्यकाका त्रिचन्द्र क्याम्पस, आरआर क्याम्पस, पाटन संयुक्त क्याम्पस विश्व भाषा क्याम्पसमा प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

    स्ववियु चुनाव हुने क्याम्पसमा भने सुरक्षा व्यवस्थाका लागि आवश्यक तयारी गरिएको छ । अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । स्ववियु चुनावका लागि मतदान चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »