Close sidebar
  • ताजा
  • लोकप्रिय
  • मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना

    २ चैत, काठमाडौं । आज मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    बिहीवार बिहान ६ बजे मौसम पूर्वानुमान जारी गरेको बुलेटिनमा महाशाखाले पहाडी भू–भागका थोरै स्थान तथा तराई भूभागका १–२ स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको उल्लेख गरेको हो ।

    Advertisement

    महाशाखाका अनुसार हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ ।

    यस्तै, आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ भने पहाडी भू–भागका थोरै स्थानहरू तथा तराई भूभागका १–२ स्थानमा अपराह्नतिर मेघगर्जन र चट्याङसहित क्षणिक, हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    Advertisement

    यस्तै, राति पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ ।

    शुक्रवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ भने पहाडी भूभागका केही स्थानहरू तथा तराई भूभागका १–२ स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक  र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    Advertisement

    शुक्रवार राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ भने पहाडी भूभागका थोरै स्थानमा तथा तराई भूभागका १–२ स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ ।

     

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »