Close sidebar
  • ताजा
  • लोकप्रिय
  • स्ववियु निर्वाचन गराउन संयुक्त बिद्यार्थी संगठनको सहमति

    १ चैत, बाँके । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को मनोनयनका दिन नेपालगञ्ज स्थित महेन्द्र बहुमुखी क्याम्पसमा आन्दोलित संयुक्त  विद्यार्थी संगठनकाे सहमति पछि चुनाव हुने निश्चित भएको छ ।

    स्ववियु निर्वाचनको मुखमा महेन्द्र बहुमुखी क्याम्पस प्रशासनले चुनावमा अन्य संगठनलाई प्रभावित पार्ने गरी प्रत्यक्ष भुमिका खेलेको आरोप लगाउदै त्यसको विरोधमा नौ विद्यार्थी संगठनले तालाबन्दी गरेका थिए । संयुक्त विद्यार्थी संगठनले मनोनयनका दिन विहान एक विज्ञप्ति सहित क्याम्पसमा तालाबन्दी गरेका थिए ।

    Advertisement

    महेन्द्र बहुमुखी क्याम्पस, नेपालगञ्जमा स्ववियु निर्वाचन चैत ८ गते हुने संयुक्त बिद्यार्थी संगठनको सहमति भएको अनेरास्ववियु नेपालगञ्जका अध्यक्ष माधव खत्रीले जानकारी गराएका छन ।

    स्ववियु निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष बनाउन माग गर्दागर्दै क्याम्पस प्रशासनले विद्यार्थीको विवरण चुहाएको विद्यार्थी संगठनले आरोप लगाएका थिए ।

    Advertisement

    निर्वाचन समितिको बैठकमा विद्यार्थीको विवरण गोप्य राख्न र निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन संगठनले माग गर्दै आएको थिए । तर क्याम्पस प्रशासनले विवरण चुहाएर निर्वाचनलाई प्रभाव पार्ने गैरकानुनी काम गरेको संयुक्त विद्यार्थी संगठनले तालाबन्दी क्रममा जारी गरेको विज्ञप्ति मार्फत बताइएको छ ।

    विवरण चुहाएको विषयमा छानबिन गरी दोषीलाई कारबाही गरेर निर्वाचन प्रक्रिया तत्काल अगाडि बढाउन संगठनले माग गर्दै आएका थिए ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »