Close sidebar
  • ताजा
  • लोकप्रिय
  • महिला आन्दोलनबाट प्राप्त उपलब्धिबाट गर्व गर्नुपर्छः अध्यक्ष ओली

    २४ फाल्गुन, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालको महिला आन्दोलनबाट प्राप्त उपलब्धिबाट गर्व गर्नुपर्ने बताएका छन । एक सय १३ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा अखिल नेपाल महिला संघले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले नेपालमा महिला अधिकारका सम्बन्धमा गौरव गर्नुपर्ने कामहरू भएको बताए ।

    अध्यक्ष ओलीले महिलालाई सामाजिक रूपमा अगाडि बढाउने सन्दर्भमा दुनियाँले नगरेको प्रगति आफूहरुले गरेको जानकारी दिए । उनले नेकपा (एमाले) को सरकारका कार्यकालमा सामाजिक न्याय, समानता, महिला सशक्तीकरण र जागरणको क्षेत्रमा अत्यन्तै सजगताका साथ काम भएको बताए ।

    Advertisement

    उनले प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहमा महिला प्रतिनिधित्व सुनिश्चित गरिएको मात्र नभई राज्यको विभिन्न अङ्ग र राष्ट्रपतिसमेत महिला आन्दोलनकी नेतृलाई पाउनु गर्वको विषय रहेको बताए ।

    अध्यक्ष ओलीले राणाशासन देखि नै नेपाली महिलाले अत्यन्तै साहसका साथ विरोधमा उत्रिएको प्रसङ्ग राख्दै अब महिला सशक्तीकरणमा जोड दिनुपर्ने बताए । उनले अबको आन्दोेलन बराबर हक अधिकार र महिलाले हरेक दिन खुशी, सुरक्षित र सम्मानित छु भन्ने अवस्था सिर्जना गरी प्रत्येक दिन मार्च ८ तुल्य हुनुपर्ने बताए ।
    अध्यक्ष ओलीले नेकपा (एमाले) को अस्तित्व समाप्त पार्न लागेको अवस्थामा अहिलेको स्थितिमा ल्याउनमा महिलाहरुको योगदान असाधारण रहेको वताउँदै महिला योगदान र गौरवपूणर् इतिहासको प्रशंसा समेत गरे ।

    Advertisement

    उनले महिला आन्दोलनको विकास क्रमका बारेमा चर्चा गर्दै २०३७ सालमा शान्ता मानवीको अध्यक्षतामा अखिल नेपाल महिला संघको पुनस्थापना गरिएको र सामाजिक न्याय र समानताको मुद्दालाई उठाई आन्दोलनलाई सफल बनाउने काम खासमा कम्युनिष्टहरूले गरेको बताए ।

    सो अवसरमा अध्यक्ष ओलीले अनेमसंघले राष्ट्रपति विद्या भण्डारी विशेषका रूपमा प्रकाशित गरेको ‘महिला मुक्ति’ पुस्तक विमोचन गरेका थिए । अध्यक्ष ओेलीले महिला अधिकार, समानता र सामाजिक न्यायको आवाज उठाउँदै ती कुराहरूलाई स्थापित गर्ने कामको नेतृत्व गरेकी तत्कालीन अनेमसंघकी अध्यक्ष तथा वर्तमान राष्ट्रपति विद्या भण्डारीको योगदानबाट गौरव गर्नुपर्ने बताए ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »