१४ फाल्गुन, दिल्ली । दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदियालाई दिल्लीको अन्तःशुल्क नीति मुद्दामा सोधपुछ पछि सीबीआईले पक्राउ गरेको छ ।
सिसोदिया एजेन्सीमा उपस्थित हुन बिहान ११ बजे सीबीआई मुख्यालय पुगेका थिए । सिसोदिया माथि अन्तःशुल्क घोटालामा संलग्न रहेको आरोप लगाइएको छ । सीबीआई मुख्यालय बाहिर सुरक्षाका लागि करिब २०० अर्धसैनिक र दिल्ली पुलिसका कर्मचारीहरू तैनाथ गरिएको बताइएको छ ।
Advertisement
मनिष सिसोदियाको गिरफ्तारी पछि मुख्यमन्त्री अरविन्द केजरीवालले पनि ट्विट गर्दै मनिष निर्दोष रहेको बताएका छन् ।
उनले सिसोदियाको गिरफ्तारी फोहोरी राजनीति रहेको बताएका छन । मनिष पक्राउ परेपछि जनतामा चर्को आक्रोश छ ।
Advertisement
मनीष बेक़सूर हैं। उनकी गिरफ़्तारी गंदी राजनीति है। मनीष की गिरफ़्तारी से लोगों में बहुत रोष है। लोग सब देख रहे हैं। लोगों को सब समझ आ रहा है। लोग इसका जवाब देंगे।
इस से हमारे हौसले और बढ़ेंगे। हमारा संघर्ष और मज़बूत होगा।
Advertisement
— Arvind Kejriwal (@ArvindKejriwal) February 26, 2023
Advertisement
उनले भने, ‘जनता सबैले हेरिरहेका छन् । जनताले सबै कुरा बुझेका छन् । जनताले यसको जवाफ दिनेछन् । यसले हाम्रो मनोबल अझ बढाउँछ । हाम्रो संघर्ष अझ सशक्त हुनेछ ।’
टिप्पणीहरू