एजेन्सी
१४ फाल्गुन, इटाली । आइतबार बिहान दक्षिणी इटालीको तटमा आप्रवासी बोकेको काठको डुङ्गा चट्टानमा ठोक्किँदा केही बालबालिका सहित ५८ जनाको मृत्यु भएको बताइएको छ ।
अफगानिस्तान, इरान र अन्य धेरै देशका आप्रवासीहरू लिएर केही दिनअघि टर्कीबाट प्रस्थान गरेको उक्त जहाज क्यालाब्रियाको पूर्वी तटमा रहेको समुद्री तटीय रिसोर्ट स्टेकाटो डि कुट्रो नजिकै आँधीबेहरीमा दुर्घटनाग्रस्त भएको थियो ।
Advertisement
प्रान्तीय सरकारी अधिकारी मानुएला कुराका अनुसार अस्थायी मृत्युको संख्या ५८ थियो, ८१ जना बाँचे, जसमा २० जना अस्पतालमा भर्ना छन । ‘यसमा एक जना सघन हेरचाहमा रहेका थिए, उनले भने ।’
गार्डिया डि फाइनान्जा भन्सार प्रहरीले दिएको जानकारी अनुसार एक जना बाँचेकालाई आप्रवासी बेचबिखनको आरोपमा पक्राउ गरिएको थियो ।
Advertisement
कुट्रोका मेयर एन्टोनियो सेरासोले मृत्यु हुनेमा महिला र बालबालिका रहेको बताए । कति बालबालिकाको मृत्यु भयो भन्ने यकिन तथ्याङ्क भने आउन सकेको छैन ।
टिप्पणीहरू