Close sidebar
  • ताजा
  • लोकप्रिय
  • कोहलपुरबाट ब्राउन सुगर सहित तीन जना पक्राउ

    १३ फाल्गुन, बाँके । बाँके प्रहरीले लागुऔषध ब्राउन सुगर मुद्दामा तीन जना व्यक्तिलाई पक्राउ गरेको छ । बाँकेको कोहलपुर स्थित चप्परगौडीबाट ब्राउन सुगर सहित दुई जना पक्राउ परेका प्रहरीले जनाएको हो ।

    आज बिहान करिब ३ बजेको समयमा कोहलपुर नगरपालिका वडा नं.१२ चप्परगौडी नजिकै बर्दियाको बढैयाताल गाउँपालिका वडा नं.७ का २१ बर्षिय बिशाल सिंह ठकुरी र कोहलपुर नगरपालिका वडा नं.११ का १८ बर्षिय निर्जन ढकाललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    Advertisement

    उनीहरु सवार रहेको भे.१३प.२७३ नम्बरको आर टि आर मोटरसाईकल सडक छेउमा पार्किङ गरेर फलफुल खरिद गर्न लागिरहेको अवस्थामा दुबै जनालाई प्रहरी सहायक निरीक्षक कमल के.सी.को कमाण्डमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको हो ।

    शंकाको घेरामा रहेका उनीहरुको शरीरमा तलासी लिंदा बिशाल सिंह ठकुरीको साथबाट ११५ ग्राम ७८० मिलिग्राम र निर्जन ढकालले कानमा लुकाएर राखेको २२० मिलिग्राम गरी कुल ११६ ग्राम लागुऔषध ब्राउन सुगर बरामद भएको हो ।

    Advertisement

    उनीहरुको साथबाट ३ थान मोबाइल, नौ हजार आठ सय रुपैयाँ र भे. १३ प. २७३ नं. को निलो रङको आर.टि.आर. अपाची मोटरसाईकल समेत प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवं डिएपी राम प्रसाद घर्ती मगरले जानकारी दिए ।

    उनीहरुलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उक्त लागुऔषध बर्दियाको सिमा संग जोडिएको छिमेकी राष्ट्र भारतको बलई गाउँबाट ल्याएको र उक्त लागुऔषध भारतको बलई गाउँबाट ल्याउँदा बढैयाताल गाउँपालिका वडा नं.७ का २८ बर्षिय बिक्रम सिंह ठकुरी पनि कोहलपुर सम्म उक्त लागुऔषध ओसार पसारमा संलग्न रहेको भन्ने प्रारम्भिक अनुसन्धानमा खुलाए छ । ठकुरीलाई आजै कोहलपुर नगरपालिका वडा नं.११ स्थित फेला पारी तीनै जनालाई पक्राउ गरी थप आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको हो ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »