२५ माघ, बाँके । बाँकेको नेपालगञ्जमा नेपाल-भारतको इतिहास, परम्परा र धर्मको सदियौँ पुरानो सम्बन्धमा स्थापित सम्बन्ध घनिष्ट, व्यापक र बहुआयामिक रहेको र दुई देशबीच गहिरो राजनीतिक, सामाजिक, सांस्कृतिक, धार्मिक र आर्थिक सम्बन्ध एक कार्यक्रम मार्फत बारे व्यापक चर्चा गरिएको छ ।
राष्ट्रिय एकता अभियान, बाँके शाखाले बुधबार आयोजना गरेको नेपाली संस्कृति र बिकास क्षेत्रमा नेपाल-भारत सहकार्य बारे विचारगोष्टीमा दुई देश बीचको सम्बन्धलाई अझै बलियो बनाउन व्यापक चर्चा गरिएको छ । दुई देश बीच राजनीतिक, आर्थिक, व्यापार, पारवहन र लगानी, सुरक्षा सहयोग र सीमा व्यवस्थापन र बहुपक्षीय र क्षेत्रिय फोरम लगायकका क्षेत्रमा सम्बन्ध रहेको बताईएको छ ।
Advertisement
गोष्टीमा विचार राख्दै राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले दुई देश बीच द्विपक्षीय सम्बन्ध रहेको बताए । उनले ऐतिहासिक सम्बन्धलाई औपचारिक स्वाद थप्नका लागि दुई देशले १७ जुन १९४७ मा कूटनीतिक सम्बन्ध स्थापना गरेका बताए । शान्तिपूणर् सहअस्तित्व, सार्वभौम समानता र एकअर्काको आकांक्षा र संवेदनशीलतालाई बुझ्ने सिद्धान्त प्रतिको अटल प्रतिबद्धता नै बलियो आधार रहेको बताए ।
कार्यक्रममा छिमेकी देशहरु संग सुमुधुर र मैत्रीपूणर् सम्बन्धलाई बिकास गर्ने र प्रवद्र्धन गर्ने नेपालको गम्भीर चाहना आफ्नो भूभाग भारत बिरोधी तत्वहरुलाई दुरुपयोग हुन नदिने लामो समयदेखिको अडानबाट झल्नन्छ र यस्तै पारस्परिक सहयोग र आश्वासनको अपेक्षा गरिएको बताईको छ ।
Advertisement
प्रतिबन्ध बिनाको सिमानाले एकअर्काको क्षेत्रमा स्वतन्त्र आवतजावतलाई धेरै सहज बनाएको र अन्तरक्रिया बढाएको बिचार राखिएको थियो ।
भरत विश्वकर्माको सभापतित्वमा भएको बिचारगोष्टीमा पुर्व मन्त्री सर्वदेव ओझा, राजनीतिक दलका पदाधिकारी, विद्यार्थी र पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
टिप्पणीहरू