२५ माघ, बाँके । लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा प्रतिनिधित्व हुने रिक्त एक पदका लागि आज लुम्बिनी प्रदेशको दाङमा उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।
उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) बाट उम्मेदवार रहेका कुमार दसौदी ४ हजार २६ मतभार प्राप्त गरी विजयी भएका छन भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार माधवप्रसाद आचार्यले ३ हजार ७२० मतभार प्राप्त गरेका निर्वाचन आयोगले जनाएकोम छ ।
Advertisement
यस्तै, नागरिक उन्मुक्ति पार्टीको तर्फबाट उम्मेदवार रहनुभएका राजेन्द्र वीर रायले १४४ मतभार प्राप्त गरेका छन ।
यस उपनिर्वाचनमा लुम्बिनी प्रदेश भित्र रहेका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख २१८ जना र प्रदेश सभाका सदस्य ८७ जना गरी जम्मा ३०५ जना मतदाता रहेका थिए ।
Advertisement
गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख २१७ जना मतदाता र प्रदेश सभाका सदस्य तर्फ ८७ जना मतदाताले मतदान गरेका थिए । यस निर्वाचन प्रणालीमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुखको मतभार प्रति मतदाता १८ र प्रदेश सभा सदस्यको मतभार प्रति मतदाता ४८ मतभार रहने व्यवस्था रहेको आयोगका सहसचिव एवं प्रवक्ता दिए शालिग्राम शर्मा पौडेलले जानकारीे दिए ।
टिप्पणीहरू