२४ माघ, बाँके । नेपालगञ्ज च्याम्प्स र होलिल्यान्ड स्कुलले मंगलबार नेपालगञ्ज मेयर तथा उपमेयर कप क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छन् ।
मंगलप्रसाद उच्च माविको खेल मैदानमा नेपालगञ्ज च्याम्प्सले बिरता क्रिकेट क्लबलाई ९ विकेटले पराजित गरेको छ । अर्को खेलमा होलिल्यान्डले बाल शिक्षालाई १ सय ४६ रनले पराजित गरेको थियो ।
Advertisement
टस जितेर ब्याटिङ गरेको बिरताले १२.३ ओभरमा ६९ रन मात्र बनाउन सक्यो । टोलीका लागि लुकमान खानले १३ रन र सद्धाम खानले ११ रन बाहेक अन्यले गतिलो स्कोर जोडन सकेन्न ।
नेपालगञ्ज च्याम्प्सका लागि प्लेयर अफ द म्याच गोपाल जिसीले ४ विकेट, प्रतिक गिरीले ३ विकेट र सुबास आचार्यले २ विकेट लिएका थिए । जवाफमा च्याम्प्सले ६.३ ओभरमा १ विकेटको नोक्सानीमा जित हासिल गरेको थियो । च्याम्प्सका लागि फरदिन खानले अविजित ३९ रन, यासर्थ बैश्यले १२ रन र प्रविन गिरीले अविजित ११ रन बनाए । बिरताका लागि शेषराज शर्माले १ विकेट लिए ।
Advertisement
यस्तै, महिला तर्फको खेलमा टस हारेर ब्याटिङ गरेको होलिल्यान्डले २० ओभरमा ३ विकेटको नोक्सानीमा १ सय ८९ रन बनाएको थियो । होलिल्यान्डका लागि प्लेयर अफ द म्याच जिज्ञासा थापाले अविजित ६१ रन, रन्जु श्रेष्ठले ५२ रन र मनिषा रानाले अविजित २० रन बनाए । बाल शिक्षाका लागि सम्झना मगरले १ विकेट लिईन ।
जवाफमा बालशिक्षाले १५.२ ओभर खेल्दैं १० विकेटको नोक्सानीमा ४६ रनमात्र बनाउन सक्यो । बालशिक्षाका लागि कुनै पनि खेलाडीले दोहोरो अंक बनाउन सकेनन् । होलिल्यान्डका लागि दिक्षा पुरीले ३ विकेट, मनिषा राना र बिना थापाले २-२ विकेट लिए ।
Advertisement
प्रतियोगिता अन्तर्गत बुधबार पुरुष तर्फ फालकोन स्पोर्टस क्लब र नेपालगन्ज थन्डरबिच प्रतिस्पर्धा हुनेछ । महिला तर्फको खेलमा मंगल प्रसाद उच्च मावि स्कुल र बालशिक्षाबिच हुने प्रतियोगिता संयोजक एवम् बाँके जिल्ला क्रिकेट संघका उपाध्यक्ष सुफियान पठान खानले बताए ।
बाँके जिल्ला क्रिकेट संघले आयोजना र नेपालगञ्ज उप-महानगरपालिको आर्थिक सहयोगमा भैरहेको प्रतियोगितामा मेयर (पुरुष) तर्फ २२ र उपमेयर (महिला) तर्फ ६ टिमको सहभागिता रहेको छ ।
Advertisement
प्रतियोगिताको पुरुष तर्फको विजेताले ७५ हजार र उपविजेताले ३५ हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यसैगरी महिला तर्फको विजेता टिमले २५ हजार र उपविजेताले १५ हजार रुपैयाँ, मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ । प्रतियोगितामा पुरुष र महिला तर्फको प्लेयर अफ सिरिजले ११ हजार रुपैयाँ र प्रत्येक खेलको प्लेयर अफ म्याच बन्ने खेलाडीले नगद १ हजार पाउनेछन् ।
प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट ब्याटर, उत्कृष्ट वलर, उत्कृष्ट फिल्डर र उदयीमान खेलाडीले आर्कषक पुरस्कार पाउनेछन् ।
टिप्पणीहरू