Close sidebar
  • ताजा
  • लोकप्रिय
  • भोलि चर्चित गायक शिव परियार र गायिका जानकी तारामी आउदै

    २४ माघ, बाँके । बाँकेको नेपालगञ्जमा जारी महोत्सवमा भोलि बुधबार गायक शिव परियार सहितका चर्चित कलाकार आउने भएका छन ।

    नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवको मञ्चमा बुधबार राष्ट्रिय ख्याती प्राप्त गायक शिव परियार र गायिका जानकी तारामी आउने भएका प्रचारप्रसार समितिका संयोजक भागवत कंडेलले जानकारी दिए । स्थानिय गायक अशोक रावलको समेत प्रस्तुति रह्नेछ ।

    Advertisement

    संयोजक कंडेलका अनुसार बुधबार उद्धघोषक सञ्जय देवकोटा र उद्धोषिका प्रेरणा गिरीले कार्यक्रम संचालन गर्ने कार्यक्रम तय भएको महोत्सव परिसर स्थित सचिवालयले जनाएको छ ।

    यस्तै, दर्शकको थप मनोरञ्जन र स्थानिय कलाकारको उत्पादन गर्ने उद्देश्यका साथ लुम्बिनी प्रदेश स्तरीय नृत्य प्रतियोगिता भईरहेको छ । महोत्सवमा एस एम कला केन्द्र ग्रुपको समेत प्रस्तुति रह्नेछ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »