Close sidebar
  • ताजा
  • लोकप्रिय
  • चर्चित गायक पशुपति शर्मा र कमल खत्रीको गीतमा झुमे दर्शक

    २४ माघ, बाँके । बाँकेको नेपालगञ्जमा जारी महोत्सवमा आज मंगलबार चर्चित गायक पशुपति शर्मा र कमल खत्री सहितका चर्चित कलाकारले बेजोड प्रस्तुति राखेका छन ।

    नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवको मञ्चमा मंगलबार राष्ट्रिय ख्याती प्राप्त गायक पशुपति शर्मा, गायक कमल खत्री र डान्सर एवं मोडेल अञ्जली अधिकारीले दर्शकलाई भरपुर मनोरञ्जन दिदै नचाएका प्रचारप्रसार समितिका संयोजक भागवत कंडेलले जानकारी दिए । स्थानिय गायक अशोक रावलले गीत प्रस्तुत गरेका थिए ।

    Advertisement

    लोकप्रिय गायक शर्माले देशको स्थिति र अर्थतन्त्रलाई दर्साउदै राजनितिक हाबी भएको दर्शक माझ जिकिर गर्दै आफ्ना यसको विरोध गर्दै लुट्न सके लुट बोलको गीत प्रस्तुत गरेका थिए । उनले देशलाई कुनै पनि हालतमा लुट्न नपाईने चेतावनी स्वरुप नेताहरुको बिरोधमा आफ्ना कतिपय संदेशमुलक गीतहरु ल्याएको जानकारी गराए । उनले आफ्ना व्यङ्ग्य गीत समेत प्रस्तुत गरेका थिए । उनको ‘लुट्न सके लुट नेपालमै हो छुट’ बोलको लोक गीत दर्शकले निकै मन पराईदिएका छन ।

    यस्तै, गायक खत्रीले आफ्ना लोकप्रिय गीतहरु दर्शक माझ प्रस्तुत गर्दै दर्शकलाई नचाएका थिए । दर्शकले कमल खत्रीको गीतमा आफुलाई नाच्नबाट रोक्न सकेका थिएन्न ।

    Advertisement

    अहिले सम्म गायक शर्मा र खत्रीलाई पर्दामा देखिरहेका दर्शकले उनीहरुलाई नेपालगञ्ज महोत्सवको स्टेजमा देख्न र उनले आफ्ना लोकप्रिय गीतहरु कति बेला प्रस्तुत गर्ने भन्ने निकै आतुर देखिएका थिए । दर्शकले पनि कलाकारको गीत र नृत्य अनुशासित रुपमा भरपुर मनोरञ्जन लिएका थिए ।

    आज महोत्सवको मञ्चमा शितल शर्मा र प्रेरणा गिरीले कार्यक्रम उद्धोषण गरेका थिए ।

    Advertisement

    यस्तै, दर्शकको थप मनोरञ्जन र स्थानिय कलाकारको उत्पादन गर्ने उद्देश्यका साथ लुम्बिनी प्रदेश स्तरीय नृत्य प्रतियोगिता भईरहेको छ । महोत्सवमा एस एम कला केन्द्र ग्रुपको समेत प्रस्तुति रहेको थियो ।

    दर्शकको मनोरञ्जनका लागि महोत्सव परिसर भित्र नेपालमै उत्पादित खाद्य वस्तुका स्टल, बाल उद्यान, थारु होमस्टे र थारु गाँउमा अवलोकन गरेर बिभिन्न थारु परिकारको समेत छुट्टै मजा लिनसक्ने छन ।

    Advertisement

    नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र शिवालय सेक्युरिटी तथा मल्टीपर्पोज कम्पनी प्रा. लि.को संयुक्त आयोजनामा जारी महोत्सव माघ २८ गते सम्म संचालन रह्नेछ । यस अघि आयोजकले माघ २४ गते सम्म जानकारी गराए पनि ४ दिन थपिएको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »