२२ माघ, बाँके । बाँकेको नेपालगञ्जमा जारी महोत्सवमा आज चर्चित अतिथि कलाकारहरुको बेजोड प्रस्तुतिमा दर्शक झुमेका छन । आज दर्शकले भरपुर मनोरञ्जन लिएका छन ।
नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवको मञ्चमा आज ख्याती प्राप्त गायक बद्री पंगेनी, गायिका एलिना चौहान र डान्सर करिश्मा ढकालले बजोड प्रस्तुति राखेका छन ।
Advertisement
नयाँ पुस्ताले असाध्यै मन पराईलिएका गायिका चौहानको धोकेबाज हौ तिमी बोलको गीतमा डुवेर माहोलको मनोरञ्जन लिईरहेका दृश्य देखिएको थियो । उनले आफ्ना बिभिन्न ट्रन्डिङ्गमा रहेका गीतहरु प्रस्तुत गरेकी थिइन ।
यस्तै, गायक बद्री पंगेनीले आफ्ना लोकप्रिय लोकदोहोरी र झ्याउरे गीतहरु प्रस्तुत गर्दै आफ्ना गीतलाई अनुशासित भएर सुनिदिएका दर्शकहरु मध्ये दुई जनालाई आफ्ना चस्मा र गलबन्धी उपहार दिएका थिए ।
Advertisement
सोमबार गायक कुलेन्द्र बि.क., गायिका पुजा पुरी, डान्सर अस्मिता पुरी, गायिका एवं उद्धोषिका शितल शर्मा आउने भएका भएका प्रचारप्रसार समितिका संयोजक भागवत कंडेलले जानकारी दिए ।
उनका अनुसार सोमबार स्थानिय कलाकार गायक अशोक रावलको समेत प्रस्तुति रह्नेछ भने कार्यक्रम उद्धोषिका शितल शर्मा र प्रेरणाले संचालन गर्ने कार्यक्रम तय भएको छ ।
Advertisement
यस्तै, दर्शकको थप मनोरञ्जन र स्थानिय कलाकारको उत्पादन गर्ने उद्देश्यका लागि लुम्बिनी प्रदेश स्तरीय नृत्य प्रतियोगिता भईरहेको छ । महोत्सवमा भोलि एस एम कला केन्द्र ग्रुरुपको समेत प्रस्तुति रह्नेछ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र शिवालय सेक्युरिटी तथा मल्टीपर्पोज कम्पनी प्रा. लि.को संयुक्त आयोजनामा जारी महोत्सव माघ २८ गते शनिवार सम्मका लागि थपिएको आयोजकले जनाएको छ ।
टिप्पणीहरू