२० माघ, काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज फलफूल तथा तरकारीको नयाँ मूल्य तोकेको छ ।
समितिका अनुसार शुक्रबार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २५० रुपैयाँ, हरियो अंगुर १५० रुपैयाँ, अनार ३०० रुपैयाँ र आभोकाडो ३०० रुपैयाँ, अमला ६० रुपैयाँ, किवि ३०० रुपैयाँ र अम्बा ९० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
Advertisement
नेपाली ठूलो गोलभेँडा ४० रुपैयाँ, अदुवा ९० रुपैयाँ, रातो आलु २६ रुपैयाँ, सेतो आलु २० रुपैयाँ, स्थानीय काउली २० रुपैयाँ, कागती १२० रुपैयाँ, अकबरे खुर्सानी २५० रुपैयाँ, सुकेको खुर्सानी ४२० रुपैयाँ र हरियो खुर्सानी ७० रुपैयाँ प्रतिकेजी कायम रहेको छ ।
यस्तै, ताजा छडी माछा प्रतिकेजी २५० रुपैयाँ, बचुवा माछा र मंगुरी २६० रुपैयाँ र रहु माछा ३६० रुपैयाँ केजीमा पाइन्छ । त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी २० रुपैयाँ, गान्टे मूला ६० रुपैयाँ, गुन्दुक २५० रुपैयाँ, राजमा घिउ सिमी ७० रुपैयाँ, चमसूरको साग ४० रुपैयाँ, कन्य च्याउ ११० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, तितो करेला ११० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ, भारतीय सुकेको प्याज ३८ रुपैयाँ, हरियो प्याज ८० रुपैयाँ, पुदीना ४०० रुपैयाँ र हरियो धनियाँ ७० रुपैयाँ रहेको छ ।
टिप्पणीहरू