Close sidebar
  • ताजा
  • लोकप्रिय
  • राष्ट्रिय स्वराज पार्टीको पहिलो जिल्ला समिति बाँकेबाट बिस्तार

    १८ माघ, बाँके । राष्ट्रिय स्वराज पार्टीले पहिलो जिल्ला समिति बाँकेबाट बिस्तार गरेको छ ।

    बाँके जिल्ला अध्यक्ष अब्दुल कादिर साईको संयोजकत्वमा ३१ जिल्ला तदर्थ कार्यसमिति गठन गरिएको छ । जसमा तीन जना उपाध्यक्ष ताहिर राई, राम निवास शाहू, सकिल जसगड रहेका छन ।

    Advertisement

    राष्ट्रिय स्वराज पार्टीका केन्द्रीय संयोजक इरफान अहमद शेषको आतिथ्यतामा प्रमुख अतिथि भएको कार्यक्रम मार्फत कमिटिको सचिवमा चन्द्र कुमार गोडिया तथा उपसचिवमा बच्छराज चौहान सहित ३१ जनाको जिल्ला समिति चयन गरिएको छ ।

    कार्यक्रममा विशिष्ट अतिथी उपसंयोजक चन्द्र शेखर सुनार, केन्द्रीय सचिव राजा सिंह सरदार, केन्द्रीय महिला नेतृ केन्द्रीय सदस्य जोया शेष, केन्द्रीय सदस्य रीता खटिक लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
    संरक्षक रियाज अहमद शेषको सभापतित्वमा भएको कार्यक्रममा संस्थापक नेता जाबिर हल्वाईले संचालन गरेका थिए ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »