Close sidebar
  • ताजा
  • लोकप्रिय
  • नेपालगञ्जको चिसो मौसममा रामजी खाँडको न्यानो प्रस्तुति

    १७ माघ, बाँके । बाँकेको नेपालगञ्जमा जारी महोत्सवमा चर्चित राष्ट्रिय कलाकार गायक रामजी खाडको ट्रेन्डिङ्गमा रहेका बिभिन्न गीतहरुमा दर्शकहरुले भरपुर मनोरञ्जन लिएका छन् ।

    चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवमा गायक रामजी खाँडको व्यापक चर्चामा आएका गीतहरुमा रमाउदै दर्शकले झुमेर मनोरञ्जन लिएका हुन । महोत्सवको सातौं दिन मंगलबार साझ नेपालगञ्जको चिसो मौसमलाई रामजीको न्यानो प्रस्तुतीले माहोललाई ताताएको हो । पछिल्लो समय नेपाली संगीतमा निकै चर्चा कमाएको रामजीको प्रस्तुती हेर्नका लागि बाँके लगायत अन्य जिल्लाबाट महोत्सव परिसरमा पुगेका छन ।

    Advertisement

    हजारौ दर्शकका बीच गायक रामजीले मनोरञ्जन दिदैँ दर्शकले आफ्ना गीतहरुलाई माया गरेर मन पराईदिएकोमा कृतज्ञता व्यक्त गर्दै आगामी दिनहरुमा पनि यस्तै साथ र सहयोग पाईरह्ने अपेक्षा नेपालगञ्जबाट लिएर फर्किएका छन ।

    उनको प्रस्तुती हेर्न युवा उमेरका मात्र नभई बृद्धहरुको पनि बाक्लो उपस्थिती देखिएको थियो । उनले आयोजक मार्फत आफ्ना केही फ्यानहरुलाई भोलिको लागि पास समेत प्रदान गरेका छन ।

    Advertisement

    उनले दर्शकलाई मनोरञ्जन गराउन आफ्ना गीत फुल फुलेरै पयालों भयो, छलछल पानी गाग्रीमा, एकएक जोडे दुई हुन्छ, जाम्ला नि लाहुर लगायतका चर्चित गीत प्रस्तुत गरेका थिए ।

    नेपालगञ्ज उपमहानगरपालिका १८ कारकाँदो स्थित सडक डिभिजन कार्यालयको परिसरमा माघ १० गते देखि सुरु भएको महोत्सव अझै ९ दिन सम्म चल्ने आयोजकले यस अघि नै जनाएसकेको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »