Close sidebar
  • ताजा
  • लोकप्रिय
  • भोजपुरी गायक राजा भोजपुरिया सहित भोलि यी कलाकार आउदै

    १४ माघ, बाँके । बाँकेको नेपालगञ्जमा जारी महोत्सवमा भोलि आइतबार चर्चित ख्याती प्राप्त भोजपुरी गायक राजा भोजपुरिया लगायतका कलाकार आउँदैछन ।

    नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवको छैठौं दिन अर्थात माघ १५ गते भोजपुरी गायक राजा भोजपुरिया, गायिका रचना रिमाल, गायक शुकदेव अधिकारी आउन लागेको प्रचारप्रसार समितिका संयोजक भागवत प्रसाद कंडेलले जानकारी दिए ।

    Advertisement

    स्थानिय कलाकार गायक अशोक रावलको समेत प्रस्तुति रह्नेछ भने कार्यक्रमलाई उद्घोषिका प्रेरणा गिरीले संचालन गर्ने कार्यक्रम तय भएको छ ।

    आज पाँचौ दिन राष्ट्रिय ख्याती प्राप्त एवं चर्चित डान्सर रुबिना अधिकारी, गायक चक्र बम र गायिका टिका सानु आउने २५ हजार बढी दर्शकको भिडलाई नचाएका थिए । उनीहरुले आफ्ना दमदार प्रस्तुतिका साथ माहोललाई तताएका हुन ।

    Advertisement

    संयोजक कंडेल अनुसार आज करिब २५ हजार भन्दा बढी दर्शकको बाक्लो उपस्थिति रहेको थियो । आज देखि कुस्ती प्रतियोगिता पनि शुरु भएको हो । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेकी अध्यक्ष मधु खड्काले कुस्ती प्रतियोगिताको रिवन काटेर उद्धघाटन गरेकी हुन ।

    महोत्सबमा मुख्य आर्कषकमा यस क्षेत्र मै पहिलो पटक कुस्ती प्रतियोगिता आज देखि संचालन भएको हो । जसमा नेपालकै उत्कृष्ट इन्टरनेशनल खेलाडी दावा थापा लगायतका खेलाडीको सहभागिता रहने संयोजक कंडेल बताए । यो कुस्ती प्रतियोगिता माघ १८ गते सम्म जारी रह्नेछ । बाक्लो उपस्थितिका कारण आज व्यापार पनि निकै राम्रो भएको बुझिएको छ ।

    Advertisement

    पहिलो पटक प्रत्यक्ष कुस्ती हेर्न पाउँदा दर्शक निकै उत्साहित देखिएका छन । कुस्ती प्रतियोगिता हेर्ने दर्शकहरुको भिड नै लागेको थियो ।
    यस बाहेक महोत्सव परिसर भित्रै थारु गाँउ, होमस्टे, थारु परिकारहरु, बालउद्यान, स्टल, मनोरञ्जन, खेलहरुबाट पनि दर्शक रमाईरहेका देखिन्छ ।

    नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र सिवालय सेक्युरिटी एण्ड मल्टिपल प्रपोज कम्पनी प्रा. लि.को संयुक्त आयोजनामा माघ २४ गते सम्म कृषि, व्यापार, पर्यटन तथा सांस्कृतिक महोत्सव संचालन रह्नेछ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »