१३ माघ, बाँके । बाँकेको नेपालगञ्जमा जारी महोत्सवमा शुक्रबार गायिका सिर्जना खत्री लगायतका राष्ट्रिय कलाकारहरु आउदैछन ।
नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवको चौथो दिन राष्ट्रिय ख्याती प्राप्त एवं चर्चित कलाकार गायक भुवन खड्का, गायिका सिर्जना खत्री, गायक बसन्त लम्साल आउने कार्यक्रम तय भएको प्रचारप्रसार समितिका संयोजक भागवत प्रसाद कंडेलले जानकारी दिए ।
Advertisement
बिहीबार भने गायक टंक तिमिल्सिना, गायिका एवं उद्घोषिका शोभा त्रिपाठी र गायिका श्रीदेवी चौधरीले आफ्ना बेजोड प्रस्तुतिले २० हजार बढी दर्शकलाई मनोरञ्जन गराउदै माहोल तताएका थिए । आज उद्घोषिका शोभा त्रिपाठी र प्रेरणा गिरीले संचालन गर्ने समितिले जनाएको हो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र सिवालय सेक्युरिटी एण्ड मल्टिपल प्रपोज कम्पनी प्रा. लि.को संयुक्त आयोजनामा माघ २४ गते सम्म कृषि, व्यापार, पर्यटन तथा सांस्कृतिक महोत्सव संचालन रह्नेछ ।
















टिप्पणीहरू