Close sidebar
  • ताजा
  • लोकप्रिय
  • नेपालगञ्ज महोत्सवमा लुम्बिनी प्रदेश स्तरिय डान्स प्रतियोगिता मेगा राउन्ड सुरु

    ११ माघ, बाँके । बाँकेको नेपालगञ्जमा मंगलबार देखि संचालनमा आएको महोत्सवमा लुम्बिनी प्रदेश स्तरिय डान्स प्रतियोगिता सुरु भएको छ ।

    प्रचारप्रसार समितिका संयोजक भागवत प्रसाद कंडेलले दिएको जानकारी अनुसार दर्शकलाई मनोरञ्जन गराउन प्रत्येक दिन लुम्बिनी प्रदेश स्तरिय डान्स प्रतियोगिता हुनेछ । यो समाचार सम्प्रेषण गर्दा सम्म उक्त प्रतियोगिता अन्तर्गत मेगा राउन्ड सुरु भएको छ । प्रतियोगितामा १८ जना बीच प्रतिस्पर्धा भईरहेको बुझिएको छ । प्रतियोगितामा आज केपी शाही, सोती मगर र आर के मौर्यले निर्णायक गरिरहेका छन । भने आज महोत्सवलाई उद्घोषक अशोक रावल र उद्घोषिका प्रेरणा गिरीले गरिरहेका छन ।

    Advertisement

    यस्तै आज राष्ट्रिय ख्याती प्राप्त कलाकार आउने कार्यक्रम समेत तय भएको संयोजक कंडेलले बताए । चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवलाई आज आर्कषक बनाउन गायक चन्द्र शर्मा र गायिका बिन्दु परियार आउने भएका हुन ।

    नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र सिवालय सेक्युरिटी एण्ड मल्टिपल प्रपोज कम्पनी प्रा. लि.को संयुक्त आयोजनामा मंगलबार नेपालगञ्जमा कृषि, व्यापार, पर्यटन तथा सांस्कृतिक महोत्सव  उद्धघाटन गरिएको थियो ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »