Close sidebar
  • ताजा
  • लोकप्रिय
  • महोत्सवमा आज गायक चन्द्र शर्मा र गायिका बिन्दु परियार आउदै

    ११ माघ, बाँके । बाँकेको नेपालगञ्जमा संचालनमा आएको महोत्सवमा आज राष्ट्रिय ख्याती प्राप्त कलाकार आउने भएका छन ।

    चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवलाई आज आर्कषक बनाउन गायक चन्द्र शर्मा र गायिका बिन्दु परियार आउने भएका प्रचारप्रसार समितिका संयोजक भागवत प्रसाद कंडेलले जानकारी दिए ।

    Advertisement

    उनका अनुसार दर्शकलाई मनोरञ्जन गराउन प्रत्येक दिन लुम्बिनी प्रदेश स्तरिय डान्स प्रतियोगिता हुनेछ भने आज महोत्सवलाई उद्घोषक अशोक रावल र उद्घोषिका प्रेरणा गिरीले गर्नेछन ।

    नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र सिवालय सेक्युरिटी एण्ड मल्टिपल प्रपोज कम्पनी प्रा. लि.को संयुक्त आयोजनामा मंगलबार नेपालगञ्जमा कृषि, व्यापार, पर्यटन तथा सांस्कृतिक महोत्सव  उद्धघाटन गरिएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »