Close sidebar
  • ताजा
  • लोकप्रिय
  • मधेसवादमा आधारित राष्ट्रिय राजनिति गर्न अब नयाँ पार्टी नै गठन हुन्छ : नेता ईरफान शेष

    ६ माघ, बाँके । बाँकेको नेपालगञ्जबाट सकृय रुपमा मधेसका लागि राजनिति गरिरहेका स्वराजी नेता ईरफान अहमद शेषले अपहेलित नेताकार्यकर्ता, योद्धाहरुका लागि नयाँ प्लेटर्फम खडा गर्ने बताएका छन ।

    नेता शेषले बिभिन्न दलहरुबाट अपहेलित नेताकार्यकर्ताहरुलाई एकीकृत गर्ने र उनीहरुलाई समाजको आवाज उठान गर्न र हकहितका लागि खटिन नयाँ जडो गाड्ने बताएका छन । उनले अपहेलित नेताकार्यकर्ताहरुलाई एकीकृत गर्ने अभियानको रुपमा आफुहरु अगाडि बढिरहेको बताएका छन ।

    Advertisement

    नाईल खबर संगको अन्तरवार्तामा नेता शेषले भने, ‘जनमत पार्टी मात्रै हैनकी अन्यबाट अपहेलित नेताकार्यकर्ता, योद्धा, लडाकुहरुलाई एकीकृत गर्ने अभियानमा छौं, उहाँहरुलाई एक ठाँउमा ल्याउनका लागि हालै प्लेट फर्म गठन गरिरहेका छौं ।’

    आफुहरुको अभियानलाई व्यापकता दिनका लागि उनले नयाँ पार्टी गठन गर्ने जिकिर गरेका छन ।
    उनले पार्टी गठनका विषयमा भने, ‘अब पार्टी नै गठन हुन्छ । जनताको बीचबाटै जनताका लागि पार्टी आउनेछ ।’

    Advertisement

    पार्टीले बोक्ने मुल उद्देश्य माथि चर्चा गर्दै स्वाराजी नेता शेषले भने, ‘यहाँको गरिबी, शिक्षा, किसानको समस्या, सुकुमबासीको समस्या, नागरिकताको समस्या र मधेसलाई जुन खण्ड खण्ड पारिएको छ, त्यसलाई एकीकृत गर्ने अभियान स्वरुप जनता समक्ष नयाँ पार्टी ल्याउदै छौं ।’

    उनले मधेसवादमा आधारित राष्ट्रिय राजनिति गर्न चाहिरहेको उनले खुलाए । उनले माघ ११ गते लुम्बिनीको भैरहवामा पार्टी गठन हुने जानकारी दिए ।

    Advertisement

    https://youtu.be/TPnPvqSC6yU

    उनले आफ्नो धारणा व्यक्त गर्दै भने, ‘जनमत पार्टी नै होईन, जनताको हितमा काम गर्दैन, अहिलेनै सचेत हौं, सबै जना एक भएर यदि जनताको हितमा संघर्ष गर्नुनै छ भने नयाँ तरिका, नयाँ सोच र नयाँ ढंगले एकीकृत भएर र खास गरेर स्वाराजी साथीहरु एक ठाँउमा आएर संघर्ष गरौं ।’

    Advertisement

    जनताकै लागि यदी नेतृत्व गर्नुछ भने अब सिके रावतको नेतृत्वबाट सम्भव नरहेको नेता शेषले जिकिर गरे । हाल सम्म आफुहरुलाई स्वाराजीहरुले नै सहयोग गरेका छन र अब आउने दिनमा आफुहरुले उठाएको एजेण्डा, मुद्दाहरु जनताको हितमा गरेर देखाउने र जनताले समेत सहयोग गर्ने नेता शेष विस्वस्त छन ।

    उनी बिगत १० वर्ष भन्दा लामो समयदेखि मधेसका लागि बाँकेबाट नेतृत्व गरिरहेका छन । उनी जनमत पाटीको सुरवात अवस्था देखि केन्द्रिय सदस्य पदमा रहेका सकृय राजनितिमा खम्बा गाडेका थिए । तर गत २०७९ को प्रदेश सभा र संघीय निर्वाचनमा पार्टीले उनलाई बाँके क्षेत्र नं. २ बाट चुनाव लड्न टिकट नदिए पछि उनी स्वतन्त्र रुपमा उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएका थिए । जनमत पार्टीले आर्थिक लोभलालचमा आएर अन्य पार्टीबाट आएका नेतालाई टिकट बेचेको आरोप लगाएका छन ।

    आफु सहित जनमत पार्टी लगायत अन्य दलबाट रुष्ट नेता कार्यकर्ताहरुलाई एकीकृत गर्ने र मधेसको आवाजलाई बुलन्द राख्न नयाँ पार्टी गठन गरी माघ ११ गते पार्टी घोषणा गर्ने तयारीमा जुटेको शेषले जानकारी दिए ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »