Close sidebar
  • ताजा
  • लोकप्रिय
  • नेपालगञ्जमा हुन लागेको प्रदेश स्तरीय महोत्सवकाे धमाधम स्टल बुकिङ्ग हुदैँ, ८० प्रतिशत बुकिङ्ग सम्पन्न

    ४ माघ, बाँके । बाँकेको नेपालगञ्जमा हुन गईरहेको ‘चौथो प्रादेशिक औद्यौगीक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सव २०७९’को तयारी तीब्र रुपमा अगाडि बढेको छ । हाल सम्म महोत्सवको करिब ८० प्रतिशत स्टल बुकिङ्ग भइसकेको बताइएको छ ।

    महोत्सवमा स्टलहरु धमाधम बुकिङ्ग भइरहेको सचिवालयले जनाएको छ । हाल सम्म करिब ८० प्रतिशत स्टलहरु बुकिङ्ग भईसकेको मुख्य आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेका महासचिव जिआर भुसालले जानकारी दिए ।

    Advertisement

    मिडियालाई जानकारी दिदैँ महासचिव भुसालले भने, ‘हाल सम्मको अवस्था हेर्दा हामी संग करिब ८० प्रतिशत स्टलहरु बुकिङ्ग भईसकेका छन । जसमा होटल लाईनको सबै स्टल बुकिङ्ग भईसकेको छ । स्थानिय उद्योगहरुको स्टल बुकिङ्ग हुने क्रम जारी नै छ ।’

    स्थानिय उद्योगहरुलाई बढी प्रवद्र्धनका लागि महोत्सवमा धेरै स्टलहरु छुट्याइएको छ । औद्यौगीक र व्यापारिक स्टलहरु केही मात्र बाकी रहेको महासचिव भुसालले जानकारी दिए ।

    Advertisement

    ‘समृद्ध नेपालको प्रमुख आधार कृर्षि, उद्योग, पर्यटन संस्कृति र व्यापार प्रवद्धनका साथ नागरिक स्वरोजगार’ भन्ने मुल नाराका साथ हुन लागेको महोत्सवको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ स्थित कारकादो नजिकै सचिवालय समेत स्थापना गरिएको छ । स्टल बुकिङ्ग खुल्ला रहेकोले सचिवालयमा सम्र्पक गर्न हुन नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेकी अध्यक्ष मधु खड्काले अनुरोध गरेकी छन ।

    नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको आयोजना र सिवालय सेक्युरिटी एण्ड मल्टी प्रपोज कम्पनी प्रा. लि.को सहआयोजनामा यहीँ माघ १० गते देखि २४ गते सम्म नेपालगञ्ज १८ स्थित सडक डिभिजन कार्यालय कारकादोको परिसरमा महोत्सव हुन लागेको हो ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »