ललन कुमार चौरसिया
४ माघ, रौतहट । मधेस आन्दोलनका सहिदको सम्झनामा प्रत्येक बर्ष माघ ५ गते मनाईने वलिदानी दिवसको अवसरमा गाैरमा वैडमिनटन खेल शुरु भएकोछ ।
समाजवादी विधार्थी युनियन राैतहटको आयोजना तथा दियालो युवा कल्व गाैरको सहयोगमा राईस मिल हलमा शुरु भएको उक्त बैडमिन्टन प्रतियोगितामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल पत्रकार महासंघ, प्रहरी स्कुल सहित ११ वटा टिम सहभागी भएका छन ।
Advertisement
प्रतियोगिताको उदघाटन नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झाले एक कार्यक्रम बीच मंगलबार गरे । प्रतियोगितामा प्रथम, द्वितिय र तृतीय विजेता टिमलाई क्रमश ११ हजार, ७ हजार र पाँच हजार पुरस्कार दिने आयोजक तर्फका अध्यक्ष ललन यादवले जानकारी दिए ।
प्रतियोगिताका विजेता टिमहरुलाई माघ ५ गते बिहिवार बलिदानी दिवसको दिन एक समारोह बीच पुरस्कार तथा प्रमाणपत्र वितरण गरिने अध्यक्ष यादवले जानकारी दिए ।
टिप्पणीहरू