२६ पौष, बर्दिया । बर्दियाबाट बैंकिङ कसुर मुद्दाको फरार प्रतिवादी पक्राउ परेका छन । सम्मानित उच्च अदालत पाटनको साल २०७६ फाल्गुन १२ गतेको फैसला आदेशले बर्दियाको राजापुर नगरपालिका-०८ बस्ने धर्मराज जैसीलाई बैंकिङ कसुर मुद्दामा १२ लाख ९९ हजार ७ सय जरिवाना सजाय तोकिएको थियो ।
जिल्ला प्रहरी कार्यालय बर्दियाको मातहत इलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको प्रहरी टोलीले लुकिछीपी बसेको अवस्थामा जैसीलाई सोमबार उनकै घर बाट पक्राउ गरेको सूचना प्रविधि शाखाका प्र.स.ह. हरि नारायण ओलीले जानकारी दिए ।
Advertisement
उनलाई पक्राउ गरी आवश्यक कारबाहीको लागी आज बर्दिया जिल्ला अदालत गुलरियामा पेश गरिएको थियो । जसपश्चात उनी माथि तोकिएको जरिवाना तिर्न नसकेपछि सम्मानित अदालतको आदेशले जरिवाना वापतको कैद भुक्तानको लागी कारागार कार्यालय बर्दियामा पठाएका प्रहरीले जनाएको हो ।
टिप्पणीहरू