२१ पौष, बाँके । विश्वको सबैभन्दा ठूलो सामाजिक संस्था लायन्य क्लब इन्टरनेशनलले संस्थाका संस्थापक मेल्बिनको जन्मोत्सवको अवसर पारेर इन्टरेशनल डिस्ट्रिक्ट ३२५ एन अन्तरगत एरिया नं. ४ बाँके र बर्दियाको संयुक्त आयोजनामा सप्तव्यापि सामाजिक सेवाका कार्यक्रम संचालन गर्न लागेको छ ।
शुक्रबार नेपालगञ्ज स्थित एक पत्रकार सम्मेलन मार्फत यस्तो जानकारी दिएको छ । सन १९१७ सालमा मेल्बिन जोन्सले स्थापना गरेको लायनस क्लब इन्टरनेशनलमा १४ लाख बढी सदस्यहरु आबद्ध छन । १ सय ५ वर्षदेखि विश्वको सामाजिक सेवामा अग्रसर लायन्स क्लब सन १९७१ सालदेखि नेपालमा पनि क्रियाशिल भएर बिभिन्न प्रयोजनाहरु संचालन गर्दै आइरहेको छ । नेपालमा करिब ५० हजार सदस्यहरु यस सामाजिक संस्थामा आबद्ध छन भने बाँकेमा ५ सय जना आबद्ध रहेका उक्त संस्थाले जनाएको छ ।
Advertisement
उक्त संस्थाले यहि पौष २३ गते देखि २९ गतेसम्म गरिब र विपन्नहरुलाई मध्यनजर गर्दै महिलाको क्यान्सर सम्बन्धि परिक्षण, न्यानो कपडा वितरण, स्वाश्थ्य शिविर, खाद्यन्न वितरण, लागुऔषध, दुव्र्यसीविरुद्ध सचेतना, सर्जिकल र औषधि वितरण, शैक्षिक सामाग्री वितरण, स्यानेटरी प्याड भेन्डिंग मेसिन वितरण, सरसफाई, रक्तदान आदि कार्यक्रमको आयोजना गर्न लागेको संयोजक साबित्रा बस्नेतले जानकारी दिइन ।
बाँके र बिर्दयाका विभिन्न लायन्स क्लबहरुको आयोजनामा हुने कार्यक्रम पौष २३ गतेदेखि २९ गते सम्म विभिन्न ठाँउहरुमा संचालन हुनेछ ।
















टिप्पणीहरू