Close sidebar
  • ताजा
  • लोकप्रिय
  • प्रविधिको विकास संगै मानव बेचविखन तथा ओसारपसार नियन्त्रणमा जटिल चुनौती थपिदैँ

    १७ पौष, बाँके । प्रविधिको विकास संगै मानव जीवनमा विभिन्न समस्याहरु थपिदै गएको बिभिन्न अध्ययनले देखाईरहेको छ । अहिले सामाजिक संजालको प्रयोग बढेसंगै मावन बेचविखन तथा ओसारपसार नियन्त्रणमा चुनौती थपिदै गएको छ ।

    सामाजिक संजाल जस्तै टिकटक, फेसबुक, इमो, मेसेन्जर, वाट्सअप लगायतका सामाजिक संजालमा प्रयोग हुने संयन्त्रहरु मानव बेचविखन तथा ओसारपसारमा प्रमुख सहयोगी बन्दै आएको हो ।

    Advertisement

    मानव बेचविखन तथा ओसारपसारका क्षेत्रमा विगत लामो समय काम गर्दै आएको माइती नेपालले शनिबार बाँकेको नेपालगञ्जमा गरेको एक पत्रकार सम्मेलनमा प्रविधिको विकास संगै नियन्त्रणमा जटिल्ता थपिएको जनाएको छ ।

    पत्रकारलाई जानकारी दिदैँ माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाले विकास सँगै भित्रिएका प्रविधिहरु तथा विभिन्न संचारका माध्यमहरुलाई प्रयोग गरेर मानव दलालहरुले मानिसहरुलाई बेच्ने उदेश्य राख्दै आफ्नो चंगुलमा पार्ने गरेको बताए ।

    Advertisement

    संयोजक कोइरालाले भने, ‘विगतमा अन्य संचारका माध्यमहरुलाई प्रयोग गरी रहेको अवस्थामा अहिले आएर टिकटकबाट समेत सम्बन्ध विस्तार गर्ने गरेको पाइएको छ ।’

    टिकटकमा पछिल्लो समय सबै उमेर समुहको आकर्षण देखिएको भएपनि किशोर-किशोर अवस्थाका बालबालिकाहरु टिकटकमा कमेन्ट गर्दै सम्बन्ध विस्तार गरेको पाइएको माइती नेपालले जनाएको छ । जनवरी २०२२ देखि डिसेम्बर २०२२ सम्म हेर्दा बाँके जिल्लाका आठ स्थानिय तहहरुमा जोखिमपुणर् यात्रामा रहेका वालबालिका एवं महिलाहरुमा बैजनाथ गाउँपालिकाबाट १०, खजुरा गाउँपालिकाबाट १२ जना, नेपालगञ्ज उपमहानगरपालिकाबाट १४ जना, राप्ती सोनारी गाउँपालिकाबाट १३ जना र डुडुवा गाउँपालिका तथा जानकी गाउँपालिकाबाट क्रमसः १/१ जनालाई गृह प्रवेश गराईको छ ।

    Advertisement

    २०२२ को प्राप्त तथ्यांक अनुसार जोखिमपुणर् यात्रामा रही सिमानाकाबाट उद्धार गरिएको संख्या ५ सय २९ जना, मानव वेचविखन र सुरक्षीत बसाई सराई बारे जानकारी दिई पारिवारिक पुर्नमिलन गराईएको सँख्या ५ सय ३४ जना, श्रम र यौन शोषणमा परी उद्धार गरिएको सँख्या १० जना, सिमाबाट परामर्श दिई घर फिर्ता गरिएको सँख्या ५ सय २७ जना, खोजतलासको निवेदन परेको जसमा घटना ६ सय ९३ जना रहेको भने फेला परेकाको सँख्या २ सय ४९ जना रहेको छ ।

    यस्तै, घरेलु हिंसाका घटना १० रहेका छ भने समस्याहरु समाधान भएको सँख्या ७ रहेको छ । वेचविखन घट्ना मुद्धा दर्ता भएका सँख्या ५ रहेका छ भने जर्बरजस्ती करणीको घट्नाको सँख्या १ रहेका छ ।

    Advertisement

    यस्तै, हराइरहेका बालबालिका एवं महिलाहरु खोजतलास तथा उद्धारका लागि आएका निवेदनहरुको सँख्या जनवरी २०२२ देखि डिसेम्बर २०२२ सम्म जम्मा सँख्या ६ सय ९३ जना र फेला परेको सँख्या २ सय ४९ जना रहेको देखिन्छ । नेपाल सरकार तथा स्थानिय सरकारहरुले समान्य रुपमा लिदैँ आएको मानव बेचविखनकाको मुद्धालाई समयमै सबै पक्षले सम्बोधन गर्दै रोकथामको दिर्घकालिन योजना बनाउँदै अगाडि बढ्नु पर्ने देखिन्छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »