२३ माघ, बाँके। राष्ट्रिय स्वतन्त्र पार्टीबाट बाँके श्रेत्र नं. २ का उम्मेदवार विवेक कुमार श्रेष्ठले आफ्नो एजेण्डामा गरिबी, बेरोजगारी र भ्रष्टचारलाई विपक्षी बनाएका छन् ।
आसन्न फाल्गुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको घरदैलोमा उनले आफ्नो विपक्षी कुनै पनि पार्टी विशेष नरहेको बताउदै गरिबी, बेरोजगारी र भ्रष्टचार रहेको बताएका छन् ।
Advertisement
घरदैलो क्रममा जनताका दुःख, समस्या र अपेक्षा नजिकबाट बुझ्ने प्रयासमा जुटेका हुन । उनले समाधानको प्रतिबद्धता व्यक्त गरिँदा स्थानीयवासीको साथ र विश्वास पनि बढ्दै गएको देखिन्छ ।
नयाँ सोच, सरल व्यवहार र जनता सँगको प्रत्यक्ष भेटघाटले यो अभियानले बाँके–२ मा सकारात्मक चर्चा पाउन थालेको छ ।


















टिप्पणीहरू