Close sidebar
  • ताजा
  • लोकप्रिय
  • सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

    १ भदौ, चितवन । सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

    चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकखण्डमा आइतबार बिहान करिब ३ः५५ बजेको समयमा पहिरो खसेर सडक अवरुद्ध बनेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरले जनाएको हो ।

    Advertisement

    अहिले उक्त स्थानबाट माइक्रो, कार जस्ता साना सवारी साधन मात्र पास हुने गरी बाटो बन्द भएको छ ।

    त्यस ठाउँमा चट्टान सहितको पहिरो खसेको र पन्छाएर केहीबेरमा दुवै तर्फको बाटो सञ्चालन गर्ने तयारी भइरहेको छ । पहिरोका कारण गन्तव्यमा हिँडेका सवारीसाधन बीचबाटोमै रोकिएका छन् ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »