Close sidebar
  • ताजा
  • लोकप्रिय
  • नौवस्ता औद्योगिक क्षेत्र अतिक्रमित गरी बनाएका घर टहरा हटाउन सुरु

    ११ चैत्र, बाँके । बाँकेको नौवस्ता स्थित औद्योगिक क्षेत्र अतिक्रमित गरी बनाएका घर टहरा भत्काउन थालिएको छ । सिमांकन भित्र परेका घरटहरा हटाउँदै बाटो निर्माणको काम थालिएको हो ।

    बैजनाथ गाउँपालिका वडा नम्बर ३ मा लुम्बिनी प्रदेश स्तरीय ‘नौवस्ता औद्योगिक क्षेत्र’ निर्माण गरिदैछ । जग्गा सिमांकन गर्न खोज्दा विवाद भएपछि सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरेर बस्ती हटाउन सुरु गरिएको हो । औद्योगिक क्षेत्र निर्माण स्थलमा अहिले दुई वटा जेसिबी प्रयोग गरिएको छ ।

    Advertisement

    यस अघि पनि औद्योगिक क्षेत्रको जग्गा सिमांकनमा विवाद उत्पन्न भएपछि गत बिहीबार जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको सर्वदलिय तथा सर्वपक्षिय बैठकले आजबाट जग्गा सिमांकन गर्ने सहमती गरेको थियो ।

    मानव बस्ती र औद्योगिक क्षेत्रको जग्ग्गाको बीचबाट बाटो खोल्न अतिक्रमित क्षेत्र खाली गराउन सुरु गरिएको हो ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »