Close sidebar
  • ताजा
  • लोकप्रिय
  • नेपालगञ्जमा नमुना युवा नगरसभा अभ्यास

    ११ चैत्र, बाँके । नेपालगञ्जमा ३ दिने नमुना युवा नगरसभा अभ्यास कार्यक्रम सोमवार देखि सुरु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका स्तरीय युवा क्लव संजाल बाँकेको आयोजनामा ३ दिने नमुना युवा नगरसभा अभ्यास कार्यक्रम सुरु भएको हो ।

    नेपालगञ्ज उपमहानगरपालिका, एसडिएफ बाँके, सगरमाथा ई.बो. स्कूल कारकादो, राजा खान, नेपाल ज्वैलर्स लगायतको सहकार्य र सहयोगमा सोमवारदेखि सुरु भएको कार्यक्रम बुधवारसम्म चल्ने आयोजकले जनाएको छ ।

    Advertisement

    उद्घाटन सत्र कार्यक्रमको पहिलो सत्र सगरमाथा गन्तव्य राष्ट्रिय दैनिक तथा सगरमाथा गन्तव्य डटकमका प्रकाशक प्रधान/सम्पादक तथा सगरमाथा ई.बो. स्कूलका फाउन्डर कृष्ण बहादुर जिसीले युवा नेतृत्वमा हुनुपर्ने गुण, अनुसाशन, लगनशिलता, प्रेरणादायी, मुल्याङकन, आत्मबल, लगायतका विषयमा युवाहरुलाई प्रशिक्षण दिए ।

    यस्तै कार्यक्रममा नेपालमा नमुना युवा संसदको अवधारणा र अभ्यासबारे बालअधिकारकर्मी साहिल अन्सारीले प्रशिक्षण दिएका थिए ।

    Advertisement

    युवाको हातमा नेतृत्व, समृद्ध नेपालको सुनिश्चितता भन्ने मुल नाराका साथ सुरु भएको नमुना युवा नगर सभा अभ्यास कार्यक्रमको अध्यक्षता नेपालगन्ज उपमहानगरपालिका स्तरिय युवा क्लव संजाल नेपालगञ्जका अध्यक्ष आनन्द कुमार बर्माले गर्नुभएको थियो भने कार्यक्रमको उद्घाटन प्रशिक्षक सगरमाथा गन्तव्य डटकमका प्रकाशक प्रधान/सम्पादक तथा सगरमाथा ई.बो. स्कूलका फाउन्डर कृष्ण बहादुर जिसीले गर्नुभएको थियो ।

    कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका, खजुरा गाउँपालिका, कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका, राप्तीसोनारी गाउँपालिका, डुडुवा गाउँपालिका, जानकी गाउँपालिका, नरैनापुर गाउँपालिकाका ४० बढि युवाको सहभागिता रहेको थियो ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »