Close sidebar
  • ताजा
  • लोकप्रिय
  • रवि लामिछानेलाई रातारात फेरी पोखरा पुर्‍याइयो

    फाइल तस्बिर

    २० मंसिर, रुपन्देही । सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई फेरि पोखरा पुर्‍याइएको छ ।

    गोर्खा मिडिया मार्फत अपचलनमा सघाएको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको थियो । तत्कालीन गोर्खा मिडिया प्रा.लि.का प्रबन्ध निर्देशक समेत रहेका लामिछानेलाई चितवनबाट मध्यराति पोखरा पुर्‍याइएको प्रहरीले जनाएको छ ।

    Advertisement

    आज बिहान उनलाई पोखरा लैजादै गर्ने क्रममा उनका समर्थकहरुको भिडभाड हुनसक्ने भएपछि राति नै सडकमार्ग हुँदै पोखरा पुर्‍याइएको बुझिएको छ ।

    साहरा सहकारीको रकम हिनामिना अभियोगमा चितवनमा बयान सकिएपछि उनलाई राति नै पोखरा पुर्‍याइएको हो ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »