४ भदौ, बाँके । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदा देखि अष्टमी सम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज देशभर आरम्भ गरिँदैछ ।
एक वर्ष भित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ-आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान दिने चलन छ ।
Advertisement
यसरी नगरपरिक्रमा गर्नले वर्षभर मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ-आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ ।
यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम समेत गराउने आदेश दिएअनुरूप हास्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने जनश्रुति पाइन्छ ।
Advertisement
भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छ ।
गाईजात्रा पर्व काठमाडौं उपत्यका लगायत बनेपा, धुलिखेल, पनौती, बाहबीसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौंडा र पोखरा, नेपालगञ्ज लगायतमा नेवार समुदायका मानिसको विशेष उपस्थिति रहेका सहरमा धुमधामका साथ मनाइन्छ ।
Advertisement
Advertisement
साही अनुरुप आज नेपालगञ्जमा पनि भव्यताका साथ गाई जात्रा मनाईदैछ । गाईजात्रा पर्व भब्य रुपमा सम्पन्न गराउन नेवाःपुचः बाँकेका उपाध्यक्ष हरिश चन्द्र श्रेष्ठले जिम्मेवारी पाएका छन । बाँके जिल्लामा विभिन्न समयमा आफ्नो कालगतिले मृत्यु भएको परिवारलाई गाईजात्रा पर्व मनाउन संयोजकका जिम्मेवारी पाएका उपाध्यक्ष श्रेष्ठलाई सम्पर्क गर्न सर्कुलर गरिएको थियो ।
यस अवसरमा हास्य कलाकारले पनि विशेष कार्यक्रमको आयोजना गर्ने गरेका छन् । गाईजात्राका लागि आज उपत्यकाका जिल्लाहरुमा सार्वजनिक विदा दिइएको छ ।
– एजेन्सी/नाईल खबरबाट थप
टिप्पणीहरू