१९ साउन, काठमाडौँ । नेपालमा भारतीय टेलिभिजन च्यानलहरूको प्रसारण बन्द भएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार करिब दुई वर्षदेखि विदेशी मुद्राको सिफारिस नदिएको भन्दै भारतीय टेलिभिजन नेटवर्कहरूले आफ्ना च्यानलको प्रसारण बिहीबार देखि रोकेको हो ।
Advertisement
भारतीय च्यानल स्टार, कलर्स, जी र सोनी नेटवर्क अन्तर्गतका च्यानलको प्रसारण रोकिएको बुझिएको छ ।
मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरले प्रसारकहरूले उपभोगको तथ्याङ्क पेस नगरेका कारण सटहीमा सहजीकरण गर्न नसकिएको बताए ।
Advertisement
१५ चैत २०७९ देखि नै उनीहरूको विदेशी मुद्रा सिफारिस हुनसकेको छैन । मन्त्रालयकानुसार हाल सबै विदेशी च्यानल प्रदायकको करिब रु एक अर्ब विदेशी मुद्रा सिफारिस हुनसकेको छैन ।
टिप्पणीहरू