१७ साउन, काठमाडौँ । नेकपा एमालेको आज बसेको सचिवालय बैठकले पार्टीका विभिन्न जिम्मेवारहरुमा नेतृत्व हेरफेर गरेको छ ।
सचिवालय बैठकले केन्द्रीय कमिटीका सदस्यहरुको कार्यविभाजन, केन्द्रीय कमिटीमा मनोनयन र प्रदेश इन्चार्ज तोक्ने लगायत निणर्य गरेको हो ।
Advertisement
बैठकले उपाध्यक्षमा गुरु बराललाई मनोनीत गर्ने निणर्य गरेको छ ।
यस्तै, मुकुन्द न्यौपाने र लीलनाथ श्रेष्ठलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ । १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको छ भने प्रदेश इन्चार्ज पनि हेरफेर भएको छ ।
Advertisement
कोशी प्रदेश इन्चार्जमा शेरधन राई, मधेशमा लीलानाथ श्रेष्ठ, बागमतीमा डा. राजन भट्टराई गण्डकीमा किरण गुरुङ, लुम्बिनीमा पद्मा अर्याल, कर्णालीमा गोरखबहादुर बोगटी र सुदूरपश्चिममा लेखराज भट्ट तोकिएका छन् ।
टिप्पणीहरू