Close sidebar
  • ताजा
  • लोकप्रिय
  • एमालेले टुंगायो मन्त्री, को–को बन्दै छन् ?

    ३१ असार, काठमाडौँ । नेकपा एमालेले आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाएको छ । एमालेले सोमबार बिहान मन्त्री बन्नेहरुको नाम टुंगो लगाएको हो ।

    जस अनुसार उपप्रधान सहित अर्थमन्त्रीको जिम्मेवारीमा विष्णु पौडेललाई टुंगो लागेको हो ।

    Advertisement

    यो पनि पढ्नुहोस

    प्रधानमन्त्री ओलीको शपथ ग्रहण आज बिहान ११ बजे

    Advertisement

    यस्तै, पृथ्वीसुब्बा गुरुङले सञ्चार मन्त्रालयको जिम्मेवारी पाउने भएका छन ।

    Advertisement

    राष्ट्रिय सभा सांसद देवेन्द्र दाहाल भौतिक योजनामन्त्री, विद्या भट्टराईले शिक्षा मन्त्रीको जिम्मेवारी पाउने भएकी छिन् ।

    यस्तै, मानवीर राई रक्षा, दामोदर भण्डारी उद्योग, बलराम अधिकारी भूमि व्यवस्था तथा सहकारी र राजकुमार गुप्ता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बन्ने भएका बुझिएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »